Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

महान पर्व हरितालिका तीज अन्तर्गत आज दर खाने दिन

Tuesday, September 11, 2018 National Power

२६ भदौ,काठमाडौ /अरबिन्द्र गौतम   हिन्दु नेपाली महिलाको महान पर्व हरितालिका तीज अन्तर्गत आज दर खाने दिन हो । यस दिन विभिन्न मिठा परिकार बनाएर खाने प्रचलन छ । तीजको ब्रत बस्ने दिनको अघिल्लो राती दाजुभाइले दिदीबहिनीलाई दर खुवाउने गर्दछन् । माइतीबाट टाढा रहेका चेलीबेटीलाई बोलाएर खीर, गुँद, ढकनी, हलुवा, घिउ, दुध, दही लगायत खानेकुरा सहितको दर खुवाउने गरिन्छ ।

चेलीको दुःख भुलाउनका लागि मनाइने गरिएको तीजमा भोलीपल्ट ब्रत बस्ने भएकाले पनि अघिल्लो दिन दर खाने गरिन्छ । परम्परमगत मान्यता अर्कै भए पनि केहि वर्ष देखि भने एक महिना पहिले देखि नै दर खाने विकृती वढेको छ । यसले वास्तविक दर खाने दिन भने भुल्न थालिएको आभास भएको छ । दर खाने परम्परामा तडक भडक र विकृति आएको प्रति संस्कृतिविदहरु चिन्तित छन् । केहि दिन अघि सामुहिक दर खाने क्रममा काभ्रेको पाँचखालमा ४ सय जना भन्दा वढी विरामी परेका थिए ।

आज राती दर खाएपछि भोली हरितालिकाको मुख्य दिन श्रीमानको दीर्घायुको कामना गर्दै महिलाहरु ब्रत बस्ने गर्दछन् । त्यस्तै अविवाहित महिलाले भने राम्रो पति पाउने विश्वासमा ब्रत बस्ने परम्परा छ ।हो । यस दिन विभिन्न मिठा परिकार बनाएर खाने प्रचलन छ । तीजको ब्रत बस्ने दिनको अघिल्लो राती दाजुभाइले दिदीबहिनीलाई दर खुवाउने गर्दछन् । माइतीबाट टाढा रहेका चेलीबेटीलाई बोलाएर खीर, गुँद, ढकनी, हलुवा, घिउ, दुध, दही लगायत खानेकुरा सहितको दर खुवाउने गरिन्छ ।

चेलीको दुःख भुलाउनका लागि मनाइने गरिएको तीजमा भोलीपल्ट ब्रत बस्ने भएकाले पनि अघिल्लो दिन दर खाने गरिन्छ । परम्परमगत मान्यता अर्कै भए पनि केहि वर्ष देखि भने एक महिना पहिले देखि नै दर खाने विकृती वढेको छ । यसले वास्तविक दर खाने दिन भने भुल्न थालिएको आभास भएको छ । दर खाने परम्परामा तडक भडक र विकृति आएको प्रति संस्कृतिविदहरु चिन्तित छन् । केहि दिन अघि सामुहिक दर खाने क्रममा काभ्रेको पाँचखालमा ४ सय जना भन्दा वढी विरामी परेका थिए ।

आज राती दर खाएपछि भोली हरितालिकाको मुख्य दिन श्रीमानको दीर्घायुको कामना गर्दै महिलाहरु ब्रत बस्ने गर्दछन् । त्यस्तै अविवाहित महिलाले भने राम्रो पति पाउने विश्वासमा ब्रत बस्ने परम्परा छ ।