Saturday 3rd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

लोक गीत भनेको हाम्रो नेपाली कला संस्कृति झल्काउने हुनुपर्छ गायक भिम पौडेल

Monday, August 20, 2018 National Power

काभ्रे - स्याङ्जको पुतलीबजार नगरपालिका ९ कोल्मा जन्मनुभएको लोक गायक भिम पौडेल मुख्य तथा लोक दोहोरी
गायकाको रुपमा छोटो समयमै चर्चामा आउन सफल गायकाहरु मध्ये पर्नुहुन्छ । 
२०६७–६८ साल देखि निरन्तर दोहोरी गाउदै आएकोले विभिन्न ठाउँमा हुने मेला महोत्सवहरुमा राख्ने दोहोरी प्रतियोगिताहरुमा 
भाग लिदै ७/८ ठाउँमा प्रथम४/५ ठाउँमा दोस्रो र अन्य ठाउँमा तेस्रो चौथो हुँदै आएको बताएउनु हुन्छ, २०७२ सालमा पहिलो 
एल्बम जमना यस्तै छ आको, त्यसपछि चरी मार्ने गुलेली, मरेर जाने यो जिन्दगानी, अल्लि नजिक सर मायालु, परदेशीको कथा,
जाउँ माया सँग सँगै घुम्न र अहिलेको तीजमा मायाकै पिर बरिलै जस्ता एल्बम निकाली सक्नु भएको छ । 

प्रस्तुत छ अरबिन्द्र गौतमले उहाँसँग गरेको छोटो कुराकानीः

तपाईंलाई स्वागत छ ।
धन्यवाद हजुरलाई ।
आज भोलि के मा ब्यस्त हुनु हुन्छ  ?
यहि गित संगीत तिरै ब्यस्त छु ।
कस्तो खालको गीत बढी गाउनुहुन्छ  ?
मैले गाउने गित लोक गित दोहोरी गित हो र त्यसमा पनि मलाई प्रत्यक्ष दोहोरी गायक भनेर चिन्नुहुन्छ । 
लोक गित नै बढी गाउनुहुन्छ किन ?
लोक गित भनेको हाम्रो नेपाली संस्कृति झल्काउने गित हो त्यो अर्थले पनि लोक गित गाउन मन लाग्छ ।
अहिलेसम्म कति वटा गीत गाउनुभयो  ?
मैले अहिले सम्म ९/१० वोटा गित गाएको छु ।
तपाईंले गायको चर्चाको गित कुन हो ?
मेरो पहिलो गित जुन समय सान्दर्भिक पनि छ जमाना यस्तै छ आको ।
गायनबाट कतिको सन्तुष्ट हुनुहुन्छ  ?
आफ्नो रहरको काम हो सन्तुष्ट नै छु तर यसैबाट जिन्दगी चलाउन अलि मुस्किल छ ।
गायनबाटै बाँच्न सकिदैन र ?
बाँच्न गारै छ ।
कसको प्रेरणाबाट गायन क्षेत्रमा लाग्नुभयो ?
मैले म सानो हुँद नारायण गोपालका गितहरु धेरै सुन्ने गर्थे उहाँकै प्रेरणा बाट गायन क्षेत्रमा लागे । 
लोकगीत कस्तो होस् जस्तो लाग्छ ?
लोक गित भनेको लोकको गित हो त्यसैले लोक गितले हाम्रो कला र संस्कृतिको प्रतिनिधित्व गरेको हुन्छ
 त्यसैले हाम्रो नेपाली समाजमा सन्देश दिने खाल्को होस जस्तो लाग्छ ।
तीज गीत गाउनु भए छ होइन ?
गायको छु ।
कस्तो छ तीज गीत ?
मैले गाएका तीज गित हरु त्यस्तो मौलिकता बोकेका पनि छैन्न र समाज बिकृती फैल्याउने खाल्का पनि छैन्न 
सामान्य खाल्का छन ।
तीज गीत कतिको चल्छ जस्तो लाग्छ ?
गित राम्रो भए आफै चल्छ जस्तो लाग्छ,तर अहिले त गित पनि चल्ने हैने चलाउनु पर्ने जस्तो भएको छ । 
पर्व विशेष गीत ठिक कि अरु गीत ठिक ?
ठिक त अरु गित नै ठिक हो किन कि जुन बेला पनि गाउन सकिन्छ तर पर्व विशेष गित पनि चाहिन्छ।
कस्तो गायक बन्न मन छ ?
सबैको मन जित्ने र सबको मन मुटुमा बस्ने खाल्को गायक बन्न मन छ।
अन्तमा ?
लोक तथा दोहोरी गित हेर्ने र सुन्ने स्रोताहरुलाइ यति भन्न चाहान्छु कि हाम्रो लाई हैन राम्रो लाई प्राथमिकता दिनु होला 
हामी भन्दा जान्ने र बुझ्ने हजुरहरु नै हुनुहुन्छ हल्लाको पछि न लाग्नुहोला भन्न चाहान्छु मलाई समय दिनुभएकोमा 
यहाँहरु सबै सबैप्रती आभरी छु र धन्यवाद दिन चाहन्छु मेरो पनि २/४ शब्दराख्ने मौका दिनुभएकोमा तपाईंलाई पनि 
समय दिनु भएकोमा धेरै धेरै धन्यवाद ।