काठमाण्डौ – जनआकाश मिडिया प्रा.लिले आफ्नो ११ औँ वार्षिकोत्सवका अवसरमा चलचित्र निर्देशक माधव राज खरेल सहित १५ जनालाई सम्मान गरेको छ । नेपालमै पहिलो पटक मौन चलचित्र निर्देशन तथा लेखन गरेर नेपाली चलचित्र जगतमा ठुलो योगदान पुर्याएको भन्दै निर्देशक खरेललाई जनआकाश मिडिया चलचित्रकर्मी सम्मान अर्पण गरिएको छ । अन्य सम्मानित हुने व्यक्तित्वहरु प्रा.डा सुरेन्द्र के.सी,कामीनी राज भण्डारी, अशोक शेरचन,रंगदान तामाङ्, उन्नती बोहोरा,हरिशरण के.सी, गायक प्रकाश कटुवाल,नायक सुसान्त कार्की,कृष्ण बस्नेत, लगायत विभिन्न तह र तप्कामा ख्याति कमाएका व्यक्तित्वहरु रहेका छन् ।

प्रमुख अतिथि नेकपा मालेका महासचिव तथा पुर्व उपप्रधान मन्त्री सिपी मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान समारोहमा राष्ट्रिय सुचना आयोगका प्रवक्ता कृष्ण हरि बास्कोटा लगायत उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै पुर्व उप प्रधान मन्त्री मैनालीले विभिन्न आरोह अवरोहहरु पार गर्दै जनआकाशले एक दशक पार गरिसकेको र आगामि दिनहरुमा पनि निरन्तरताको कामना गरे ।

त्यस्तै राष्ट्रिय सुचना आयोगका प्रबक्ता बास्कोटाले नेपालको सम्वीधानमा सुचानाको हक उल्लेख गरेको एक दशक भईसक्दा पनि अझै समाजमा सुचनाको प्रभावकारी कार्यान्व्यन नभईसकेको सबै तह र तप्कामा नेपाली जनता सुचनाबारे जानकार नभईसकेकोले यसको प्रभावकारी कार्यान्वयन गर्न सञ्चार माध्यमले ठुलो भुमिका खेल्न सक्ने भन्दै जन आकाशले आफ्नो पत्रकारीताको दायित्व पुरा गर्दै जानुपर्ने बताए । कार्यक्रममा उपस्थित बक्ताहरुले जनआकाश मिडिया निरन्तर देश र समाजको लागि शसक्त भएर लागिरहोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।

कमला जोशी