Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

टिफरमा आगो लगाएकोले भुम्लु गाउँपालिका विदुर बुढाथोकीविरुद्ध पनि मुद्दा

Thursday, August 16, 2018 National Power

३१ साउन, अरविन्द्र गौतम/काभ्रे – गत साउन ७ गते बनेपामा मोटरसाइकललाई ठक्कर दिने टिपर जलाएको आरोपमा प्रहरीले ३ जनालाई मुद्दा चलाएको छ । इलाका प्रहरी कार्यालय बनेपाले टिपरमा आगो लगाउने उद्धव बानियाँसहित ३ जनालाई मुलुकी ऐनको आगो लगाउने महल अनुसार मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।

बनेपामा भाडाको डिलर सञ्चालन गर्दै आएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ३ बानियाँ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनी टिपरमा आगो लगाएको भोलिपल्ट नै थाइल्याड पुगेका थिए । थाइल्यान्डबाट फर्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै घटनामा संलग्नको आरोपमा रामेछाप दोरम्बाका भीम श्रेष्ठ र काभ्रे भुम्लुका विदुर बुढाथोकीविरुद्ध पनि मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहले बताए । प्रहरीले उनीहरुमाथि अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद लिएको छ ।

यसअघि अदालतले अरनिको राजमार्गको सागामा टिपरमा आगो लगाउने एक व्यक्तिलाई २० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । साउन ७ गते बनेपामा टिपरले ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा आगो लगाएका थिए । जुन भिडियो र सामाजिक सञ्जालमा धेरै नै भाइरलसमेत बनेको थियो ।