Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

टेलिफोनको टावर माग्दै गाउँपालिका अध्यक्ष काठमाडौंमा

Friday, August 3, 2018 National Power

१८ साउन, जाजरकोट – सञ्चार सुविधाबाट वञ्चित बारेकोट गाउँपालिकाको तीन ठाउँमा नेपाल टेलिकम नमस्ते मोबाइलको टावर माग गर्दै गाउँपालिका अध्यक्ष काठमाडौँ पुगेका छन् । सञ्चारको भरपर्दो सुविधा नभएको बारेकोट गाउँपालिकाको काप्ती, सेरी र नायकबाडामा टावर निर्माणमा ध्यान दिन आग्रह गर्दै गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह टेलिकमको केन्द्रीय कार्यालय पुगेका हुन् ।

केही वर्षयता सञ्चार अभावले सास्ती झेल्दै आएका सेवाग्राहीले टावर निर्माणपछि नमस्ते मोबाइल सेवाको गुणस्तरीय सेवा उपभोग सहजरुपमा पाउनुपर्ने भन्दै केन्द्रीय कार्यालय पुगेको अध्यक्ष शाहले बताए । तीन स्थानमा टावर स्थापना गर्न एस्टर नेपाल प्रालिले ठेक्का लिएर सामग्री ढुवानी सुरु भएको नेपाल टेलिकमका प्रबन्धक अनन्तमान सिंहले जानकारी दिए । उनका अनुसार नायकबाडाको रतनकोटमा हाल सञ्चालनमा रहेको स्काइ मोबाइल सेवाको गुणस्तरलाई समेत अभिवृद्धि गरिनेछ । नयाँ निर्माण हुने टावर असोजदेखि सञ्चालनमा आउने छ ।

साविकको चार गाविसको बारेकोटमा सञ्चार सुविधाको नाममा रतनकोटमा रहेको एकमात्र स्काइ मोबाइलको टावरमा बारम्बार खराबी आइरहँदा सेवाग्राही मर्कामा छन् । घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा जाने समस्याले आजित भएका बारेकोटका सेवाग्राहीले यी टावर बनेपछि राहत पाउने गाउँपालिकाका अध्यक्ष शाहले बताए । बारेकोटमा सञ्चार सुविधा पु¥याउन यसअघि सञ्चार मन्त्रालय, नेपाल टेलिकमलगायतका निकायमा बारम्बार ताकेता गरे पनि सुनुवाइ नभएको गुनासो छ । ‘अब ढिलै भए पनि बारेकोटका बासिन्दाले भरपर्दो सञ्चार सेवा तथा डाटा प्रयोग गर्न पाउने आशा छ ।’ उनले भने ।