Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

प्रदेश ७ मा नारादमुनी लाई कानुन मन्त्री बनाउन कार्यकर्ताको माग

Thursday, August 2, 2018 National Power

धनगढी – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रदेश ७ का नेता कार्यकर्ताले कानुनमन्त्री प्रदेश ७ बाट नियुक्ति गर्नुपर्ने माग गरेका छन । उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा यस विषयलाई जोडतोडका साथ उठाएका छन ।

उनीहरुले देशको भौगोलिक सन्तुलन र जनताको भावनालाइ समेट्न भन्दै कैलालीबाट निर्वाचित नारदमुनी रानालाई मन्त्री बनाउन माग गरेका छन । कतिपयले व्यक्तिको विषयमा नबोले पनि प्रदेश ७ बाट पनि केन्द्र सरकारमा मन्त्री हुनेपर्ने भन्दै माग गरेका छन ।

कैलाली क्षेत्र नम्बर ५ मा करोड रकम खर्च गरेर चुनाव लडेकी तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई हराएर चर्चामा आएका राना जनताको बीचमा निकै लोकप्रिय मानिन्छन ।

 

Source : Dainiki.com