Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

प्रदेश ७ मा नारादमुनी लाई कानुन मन्त्री बनाउन कार्यकर्ताको माग

Thursday, August 2, 2018 National Power

धनगढी – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रदेश ७ का नेता कार्यकर्ताले कानुनमन्त्री प्रदेश ७ बाट नियुक्ति गर्नुपर्ने माग गरेका छन । उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा यस विषयलाई जोडतोडका साथ उठाएका छन ।

उनीहरुले देशको भौगोलिक सन्तुलन र जनताको भावनालाइ समेट्न भन्दै कैलालीबाट निर्वाचित नारदमुनी रानालाई मन्त्री बनाउन माग गरेका छन । कतिपयले व्यक्तिको विषयमा नबोले पनि प्रदेश ७ बाट पनि केन्द्र सरकारमा मन्त्री हुनेपर्ने भन्दै माग गरेका छन ।

कैलाली क्षेत्र नम्बर ५ मा करोड रकम खर्च गरेर चुनाव लडेकी तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई हराएर चर्चामा आएका राना जनताको बीचमा निकै लोकप्रिय मानिन्छन ।

 

Source : Dainiki.com