Saturday 3rd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

जापान तिमी साच्चै महान छौ ।

Tuesday, June 19, 2018 National Power

विष्णु रोकाया

जापान आएको धेरै भएको छैन । जापान आएदेखी नयाँ ठाउ नयाँ परिवेश र वतावरणका कारण वसोवास स्थल बाट धेरै टाढाको यात्रा गरिएको थिएन । भासापनी खासै नबनेकोले टाढाको यात्रा सम्भव थिएन । आउँदा वित्तिकै कलेजको पढाई सुरु भयो । एकमहिना पछि काम पनि सुरु भयो । समय संगै हिंड्न सकिएन भने जापानमा धेरै पछि परिन्छ भन्ने अनुभव हुँदै गयो । त्यसैले समयको गतिसङ्गै जिवनको गतिपनी कुदाउनु पर्ने । यस्तै कारणले कतै टाढाको यात्रा गर्ने अवसर मिलेको थियन ।

आज अलिकति समय निकालेर जापानको धेरै चचा र विश्वको यौटा केन्द्रविन्दु भदा पनि फरक नपर्ला जापानको नागासाकी घुम्न जाने निणय भयो । साथिहरु सङग नागासाकी पिस पार्क घुम्न जाने तय भयो ।पहिला नागासाकिको बारेमा धेरै सुनेको थिए तर सुनेको कुरा १ र आफ्नै आखाले देखेको कुरा केही फरक पक्कै हुन्छ । १९४५ तिर जुन बेला विश्वका शक्तिशाली देशहरु एक अर्का विरुद्ध लडाइँ गर्दै थिए र विभिन्न कित्तामा बाढियका थिए । शक्तिशाली राष्ट्रहरुबिच आफ्नो ठुलो घमण्ड थियोे र एक अर्कालाई देखिसहने अवस्था थिएन । यसै दोस्रो विश्वयुद्दको बेला अमेरिकाले जापानको नागासाकिमा ठुलो आणविक बम खसाल्यो जसले विश्व स्तब्ध र आक्रोशित बनायो ।

आणविक बमका कारण कम्तीमा ७५ हजार भन्दा बढीको ज्यान गयो । त्यतिनै घाइते भए र भौतिक सँरचना पुरै धोस्त हुनुको साथै नागासाकी तहसनहस हुन पुग्यो । यो सङ्गै दोस्रो विश्व युद्ध पनि समाप्ती भयो । जापानपुरै स्तब्ध भयो यो घटनाले गर्दा । अब प्रसङ्गलाई अलिकति मोडन् चाहान्छु । जब मैले जापा्न आउने निणय गरे र नागासाकिमा भिसाको लागि प्रक्रिया अगाडि बढाय त्यसपछी मेरो ध्यान नागासाकिको बारेमा जान थाल्यो । धेरै अध्यन पनि गरे साथै युटुब मार्फत धेरै भिदियो पनि हेरे । जब मैले नागासकिमा बम खसेको भिडियो हेरे मरो मन अलि त्रसित भयो । कता कता मनमा डर पनि लाग्यो । विश्व युद्दले तहस नहस भएका ती तस्बिर र भिडियो हेर्दा मेरो मनमा खुल्दुली पनि पस्यो । एउटा बिरुवा पनि नौउम्रन सक्ने गरि तहसनहस भएको ठाउ कस्तो होला ।

अहिले पनि त्यस्तै होलाकी केही फेरियो होला भनेर मेरो मनमा अनेक प्रस्न खेल्न थाले । अनि अमेरिकाले यति तहसनहस गर्दा गर्दै जापान किन चुप लागेर बस्यो होला भनेर । अन्तिममा भिसा आयो र नागासाकी नै पुगियो । यहाँ आयको दुइ महिना पछि त्यो ठाउ आफ्नै आखाले अबलोकन गर्ने अबसर पनि मिल्यो । जब म आणविक बम खसालियको ठाउमा पुगे र त्यो ठाउ अबलोकन गरे अनि मेरो मनमा जापान प्रतिको एउटा धारण बन्यो जापान तिमी साच्चै महान छौ । सबै भ्रमण गर्दा मलाई लाग्यो कि यो ठाउ बम हानेको होइन यो प्रकृतिले मानवका लागि ज्युदै हेर्ने स्वर्ग बनायको जस्तो लाग्यो । विकास र समृद्धिको चुलिमा पुग्न र त्यो ठालाई एक स्वर्गको टुत्रmा बनाउन जापानले कति मेहनत गर्यो होला ।

अनि घुम्दै जादा अर्को धारण बन्यो जापानले आफ्नो दुस्मनलाइ दुस्मनी गरेर होइनकी उसले गरेको गल्तीलाई गल्ती भएछ भनी महसुस गराउने गरि विकास गरेको रहेछ । आज जापान बिश्वको एक मेहनेती,इमानदार र सम्बृद्द देशको रुपमा चिनिन्छ । अनित्यतिमात्र होइन आज जापानको उत्पादन गरेका सामान हरु अमेरिकाको ह्वााईट हाउसमा प्रयोग हुदैछन । जापान र यहाँका नागरिकले दुस्मनलाइ दुस्मनी बाट होइन शान्तिपूर्ण र सिर्जनात्मक ढंगबाट गल्तिको महसुस गराउने गरि जबाफ दिएको छ । यसबाट हामी आम नेपालीले पनि धेरै कुरा सिक्न सक्छौ । यो हाम्रो लागि एउटा राम्रो शिक्षापनि हो । ए जापान म तिम्रो देशबाट खुसी छु किनकि तिमिले अपनाएको समृद्धि र बिकासको बाटो उदाहरणिय र प्रशंसनिय छ ।

यो तिम्रो मेहनत र इमान्दारीताको फल हो । तिम्रो बिकास ,तिमिले नागरिकलाई सिकाएको शिक्षा , तिमिले बुझेको समयको महत्व र महत्वपूर्ण इमान्दारीताले मलाइ जिबनको जोति खोलिएको छ । साच्चै जापान तिमी महान छौ । उहिलेको नागासाकी र अहिलेको नागासाकी बीच मुल्यांकन गर्दा अहिलेको जेनेरेसनले पत्याउन पनि गारो छ । नेपालामा एउता बातो भात्किदा वा पुल भत्किदा दसौं बर्ष लाग्छ बन्न बनेपनी एकथाउबाट बनाउदै गर्दा अर्को ठाउ बाट भत्किन सुरु गर्छ तर यहाका भौतिक सम्रचना निक्कै बलिया र दृघकालिन बनाइयका हुन्छन् । जुन काब बन्छ वा निर्माण हुन्छ त्यो राम्रो सङग बनाइयको हुन्छ ।

अनि त्यो संरचना भौगोलिक,पर्यावरणिय दृस्ठिकोण का साथै भबिस्यको पनि ख्याल गर्दै निर्माण गरियका छन । यदि दुइ देसबिच प्रबिधि र सीप हस्तान्तरण गर्न सकियो भने र नेपालमा दक्ष जनशक्ति उत्पादन गरि यसको सहि सदुपयोग गर्न सकिएमा नेपालपनि स्वर्गको टुत्रा बन्न सक्छ ।