Sunday 14th July 2024

    चलचित्र कलाकार संघ र महर्षि वैदिक फाउण्डेसनको ध्यान एवं योगासनको अभ्यास कार्यक्रम सम्पन्न    Writers Corner Nepal welcomed the esteemed Indian poet Dr. Bhawani Shankar    नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको सभापतिमा टिकाराम तामाङ चयन    Esteemed Indian poet Nil including 16 Nepali poets recited the poem    कार्कीको नेतृत्वको फान यूएसए च्याप्टरलाई कलाकार संघको आधिकारिता

जापान नेपाली विद्यार्थीका लागि चुनौती र अबसर दुबै हो ।

Wednesday, May 30, 2018 National Power

सबैको एउटा न एउटा सपना हुन्छ । ती सपना पुरा गर्न मन्छेले देश देखी विदेश सम्म विभिन्न उदेस्यका साथ आफ्नो यात्रा तयार गर्छन् । अझ प्रष्ट भन्नू पर्दा आर्थिक रुपमा सबल र सक्षम हुनुका साथै फरक जीवन शैली जिउन चाहाने सबैको चाहाना हुन्छ । यस्तै सपना र उदेस्यका साथ धेरै नेपाली युवा खाडि र विद्यार्थी अमेरिका,अस्ट्रेलिया ,जापान जस्ता देशमा आफ्नो उज्वल भविस्य खोज्दै लाखौंको ऋण बोकेर गन्तब्य तय गर्छन् । त्यस्तै पछिल्लो समयमा नेपाली विद्यार्थीको रोजाइमा जापान पनि पर्ने गरेको छ ।

सजिलै भिशा प्राप्त गर्न सकिने र आर्थिक रुपमा पनि अरु देशको भन्दा कम लाग्ने भएको कारण जापान नेपाली विद्यार्थीको रोजाइ परेको छ । देशमा सैक्षिक योग्यता हुदाहुदै पनि अबसरको कमि हुँदा लाखौ विद्यार्थी विदेशीने गरेका छन । यसै सिलसिलामा महिले पनि जापानको यात्रा तय गरे । नेपालमा महिनाको ३ लाख कामाइ हुन्छ । ४ लाख कमाइ हुन्छ भन्ने प्रशस्त सुनेको थिए तर आफु नमरी स्वर्ग पुगिन्न भने जस्तै आफैले नभोगे सम्म यथार्थ थाहा नहुदो रहेछ । जापानमा विद्यार्थीको लागि जति अबसर छन त्यति धेरै चुनौती पनि छन । नेपालको दैनिकी भन्दा यताको दैनिकी निक्कै चुनौतीपूर्ण छ । समयको महत्व कतिछ भन्ने जापानले राम्रो सङग सिकाउछ ।

नेपालमा कमाएको खादै आयाका विद्यार्थीको लागि कमाएर खानु अझ बढी चुनौती पुण छ । यदि राम्रो भासा भयो र दुख गर्न सक्यो भने भविस्य निक्कै उज्ज्वल छ जापानमा तर भासापनी छैन र नेपाल जस्तै परिवेस खोज्यो भने निक्कै चुनौतीपुण छ । आइफोनले खिचेको फोटा देखेको आधारमा जापान नआउनु होला । जापान आउनुभन्दा पहिला सबै कुरा राम्रोसँग बुझेर मात्र आउनु होला । यदि ठुलो रिणको भारिबोकेर सानो समयमा धेरै पैसा कमाउछु भन्ने सपना बोक्नु भयो भने तपाईंलाई त्यति भनेजस्तो नहुदा समस्य पर्न सक्छ । त्यसैले सबै बुझेर मात्र जापानको गन्तव्य तय गर्नु होला । जापानमा सबैभन्दा भासा महत्वपूर्ण हुन्छ । भासा छ भने अबसर हरु अनगिन्ती छ । अर्को कुरा बिदेश गएपछी तिन्टा कुरा सामना गर्न तयार हुनुपर्छ ती हुन ( Dirty,dangerous and difficult ) । बिदेशमा काम कुनै पनि सजिलो हुदैन म जस्तो सुकै परिस्थितिको सामना गर्न सक्छु भनेर आउनु पर्छ ।
अन्त्यमा जापानमा आउने सोचमा हुनुहुन्छ भने राम्रो भासा भनाएर आउनुहोस् । यहाँ चुनौतीका चाङ माथी अबसरका खानी पनि छन । होइन जसरीपनि जापान मात्र पुगेहुन्छ भन्ने सोचमा आउदा दुखहुन सक्छ । यो देशमा अबसरका साथसाथै चुनौती पनिछन । पैसा कमाउन सजिलो छैन । अर्को कुरा यताको आम्दानी धेरै भयपनी खर्चपनि त्यतिनै हुन्छ । त्यसैले सबैकुराको तयारी गरेर मात्र आउनु होला कसैको लहिलहि र सुनेको आधारमा आउदा समस्री हुन्छ । यो मेरो भोगाइ र अनुभव हो ।

बिष्णु रोकाया
नागासाकी जापान