Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

आज सूचना सञ्चार तथा प्रविधि

Thursday, May 3, 2018 National Power

२० बैशाख,काठमाण्डौ – नेपाल सरकार सूचना सञ्चार तथा प्रविधि मन्त्रालयको आयोजनामा यस वर्ष पनि May २ लाई आइसिटी डे अर्थात राष्ट्रिय सूचना प्रविधि दिवसको रुपमा मनाइएको छ ।

२०७५ बैशाख १९ गते बुधबार मई २ को अवसर पारेर आइसिटी डे २०१८ प्रभातफेरि कार्यक्रमको आयोजना गरी मनाइएको हो । प्रभातफेरि कार्यक्रममा सूचना प्रविधि बिभाग, क्यान महासंघ लगायतका आइसिटी कम्पनी संघ संस्था, विज्ञ एवं आइसिटी अग्रजहरुको सहभागीता रहेको थियो ।

प्रभातफेरि कार्यक्रम भृकुटीमण्डप, शहीदगेट, सुन्धारा, न्युरोड, जमल रत्नपार्क हुदै भृकुटीमण्डपमा आएर सम्पन्न भएको थियो । क्यान स्थापनाको दिनलाई आधार मानेर क्यान महासंघको अगुवाइमा आइसिटी दिवस मनाउन थालिएको हो ।