Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आजको मौसम : साँझपख मेघगर्जनसहित पानी पर्ने

Tuesday, April 17, 2018 National Power

४ वैशाख,काठमाडौं  – उपत्यकासहित देशका विभिन्न भूभागमा केही सातादेखि मौसम बदली भइरहेको छ । प्रिमनसुनी समयमा यस्ता गतिविधि हुनु समान्य भएको जल तथा मौसम पूर्वानुमान महशाखाले जनाएको छ । विहान मेघगर्जन र हावाहुरीसहित पानी पारेको प्रणाली पूर्वतिर सरेकाले पानी पर्न रोकिएको मौसमविद्ले बताएका छन् । अहिले मौसम खुले पनि दिउँसोपछि फेरि बदली भई बेलुकीपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद् सुवास रिमालले बताउनुभयो ।

भारतको विहार आसपासमा बनेको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले बिहान उपत्यकासहित मध्य र पूर्वमा पानी परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणाली पूर्वतिर सरेकाले अहिले पूर्वमा मेघगर्जनसहित पानी परिरहेको छ । पूर्वमा आज दिनभरी कै मौसम यस्तै रहने मौसमविद् सुवास रिमालको अनुमान छ । पश्चिमको मौसम भने आशिंक बदली हुनेछ ।