Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

जनताले अझ बढी विनम्र हुने जिम्मेवारी दिए : प्रचण्ड

Thursday, December 21, 2017 National Power

६ पुस, काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै दलहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । जनताले अझ बढी विनम्र हुने जिम्मेवारी दिएको भन्दै उनले दलहरुसँग संवाद र सहकार्य गरी अघि बढ्ने बताए । ‘ चुनावबाट पाँच वटा राष्ट्रिय पार्टी बनेका छन्, हामीलाई जताले ठूलो जिम्मेवारी दिएका छन्,’ प्रचण्डले भने, ‘सबैसँग संवाद र सहकार्य गरेर अघि बढ्छौं ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले वाम गठबन्धनका एजेण्डाहरु चुनावबाट जनताले अनुमोदन गरिसकेको भन्दै तिनै राष्ट्रिय एजेण्डा कार्यान्वयन गर्ने बताए । नेपाल देशभक्त गणतान्त्रिक मञ्च राष्ट्रिय समितिले आयोजना गरेको बधाई कार्यक्रममा प्रचण्डले जनताले नेता बनाएकोले जनताकै लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । संविधान ऐन कानुनको ब्याख्यामा भइरहेको बहसलाई समान्य भन्दै उनले नयाँ चुनावबाट जनताले फैसला गरिसकेको बताए । सोही कार्यक्रमा प्रचण्डलार्इ मञ्चकी अध्यक्ष बाबा बस्नेतले प्रमाणपत्रसहित सम्मान गरेकी थिइनन् ।