Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

जनताले अझ बढी विनम्र हुने जिम्मेवारी दिए : प्रचण्ड

Thursday, December 21, 2017 National Power

६ पुस, काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै दलहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । जनताले अझ बढी विनम्र हुने जिम्मेवारी दिएको भन्दै उनले दलहरुसँग संवाद र सहकार्य गरी अघि बढ्ने बताए । ‘ चुनावबाट पाँच वटा राष्ट्रिय पार्टी बनेका छन्, हामीलाई जताले ठूलो जिम्मेवारी दिएका छन्,’ प्रचण्डले भने, ‘सबैसँग संवाद र सहकार्य गरेर अघि बढ्छौं ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले वाम गठबन्धनका एजेण्डाहरु चुनावबाट जनताले अनुमोदन गरिसकेको भन्दै तिनै राष्ट्रिय एजेण्डा कार्यान्वयन गर्ने बताए । नेपाल देशभक्त गणतान्त्रिक मञ्च राष्ट्रिय समितिले आयोजना गरेको बधाई कार्यक्रममा प्रचण्डले जनताले नेता बनाएकोले जनताकै लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । संविधान ऐन कानुनको ब्याख्यामा भइरहेको बहसलाई समान्य भन्दै उनले नयाँ चुनावबाट जनताले फैसला गरिसकेको बताए । सोही कार्यक्रमा प्रचण्डलार्इ मञ्चकी अध्यक्ष बाबा बस्नेतले प्रमाणपत्रसहित सम्मान गरेकी थिइनन् ।