Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

भोलिबाट स्मार्ट टेलिकमको फोर – जी सेवा

Saturday, October 28, 2017 National Power

११ कात्तिक, काठमाडौं – स्मार्ट टेलिकमले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) सेवा सुरू गर्ने भएको छ । स्मार्टले आफ्ना ग्राहकलाई आइतबारदेखि फोरजी सेवा उपलब्ध गराउन सबै प्राविधिक तयारी सकिएको जनाएको छ । कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजिनराज राजभण्डारीले पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा दिन लागिएको जानकारी दिए । यसपछि क्रमशः देशका अन्य शहरमा पनि सेवा विस्तार गरिने उनले बताए ।

अहिले परीक्षणका रुपमा सुरु हुन लागेको सेवालाई केही समयभित्रै व्यवसायिक रुपमा लागू गर्ने जानकारी कम्पनीले दिएको छ । केही समयपछि चितवन, वरीरगञ्ज र नेपालगञ्जमा पनि फोरजी सेवा पुर्‍याइने राजभण्डारीले बताए । फोर(जीको सुरुवातका अवसरमा विभिन्न डाटा योजना पनि ल्याइएको छ । गत जेठमा नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई पनि फोरजी सञ्चालनको अनुमति दिएको थियो । स्मार्ट टेलिकमसँग १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी छ । यसमध्ये ५ मेगाहर्जलाई उसले फोर(जीमा उपयोग गर्न लागेको हो ।

प्राधिकरणले यथासम्भव नेपालभर सेवा संचालन गर्नुपर्ने, प्रत्येक ३ महिनामा कार्यप्रगति प्राधिकरणमा पेश गर्नुपर्ने, क्षेत्र विस्तार तथा गुणस्तरका सम्बन्धमा प्राधिकरणले समय(समयमा दिइने निर्देशन पालना गर्नुपर्ने शर्तसहित लाइसेन्स दिएको थियो । नेपाल टेलिकमले यसअघि नै फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छन् । संशोधन गरिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी ९बाँडफाँट तथा मूल्यसम्बन्धी० नीतिले पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ सेवा सुरु गर्न पाइने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार स्मार्टले प्रविधिगत तटस्थता (टेक्नोलोजी न्युट्रल) गरी पहिले नै पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीमा फोरजी चलाउन अनुमति पाएको हो । नेपाल टेलिकम र एनसेलले पनि टेक्नोलोजी न्युट्रालिटीमा फोरजी लाइसेन्स पाएका थिए ।

के हो फोरजी रु

फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा सवैभन्दा पछिल्लो प्रबिधि हो ।

पछिल्लो प्रबिधि भएको हुनाले स्वभाविकरुपमा फोरजी थ्रीजीभन्दा तिब्र गतिको हुन्छ । आइटियूको मापदण्ड अनुसार १ सय मेगाबिट्स प्रति सेकेन्ड ९एमबीपीएस० गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ ।

बिभिन्न देशमा टेलिकम कम्पनीहरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् । नेपाल टेलिकमले भने ३० एमबीपीएसमा फोरजी चलाइरहेको छ ।

फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् ।