Thursday 26th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

फेसबुकमा फोटो अपलोड गर्दा यी चार कुरा प्रयोग गर्नु होला

Saturday, October 28, 2017 National Power

१९ भदौ,काठमाडौं  – फेसबुकमा फोटो अपलोड हुँदा पहिलाको फोटो जस्तो राम्रो नदेखिएर तपाईहामीलाई समस्या हुँदै आएको छ ।

फेसबुकमा करीब ३५ करोड नयाँ फोटो प्रत्येक दिन अपलोड हुन्छन् । यति धेरै फोटो अपलोड र डेटा स्टोर भएपछि फेसबुक साइट स्लो हुनु स्वभाविक हो । कहिले काहीँ त फोटो नै बिग्रने गर्छ । यसबाट बच्नका लागि फेसबुकले फोटोलाई अटोमैटिकली एक डिफल्ट साइजमा परिवर्तन गरिदिन्छ । सोही कारण फोटोका नराम्रो देखिएको हो ।

रेगुलर फोटोको लागि फेसबुकले डिफल्ट साइज ७२० पिक्सेल, ९२० पिक्सेल, २०४ पिक्सेलको मापदण्ड राखेको छ । जबकि कभर फोटोका लागि यो साइज ८५१ देखि ३१५ पिक्सेल मात्रै हो । फेसबुकले हाई क्वालिटी फोटोलाई कम्प्रेस गरेर त्यसको क्वालिटी पनि घटाइ दिने गर्छ । यस्तो अवस्थामा तपाईले यी टिप्सलाई ध्यान दिनु उपयुक्त हुन्छ ।

१. फोटो अपलोड गर्नुभन्दा पहिला इमेज एडिट प्रोगामको माध्यमबाट फेसबुकको डिफल्ट साइजमा सेभ गर्ने ।

२. कम्प्रेशनबाट बच्नका लागि १०० केबीभन्दा कम फाइल साइजलाई कभर फोटोमा अपलोड गर्ने ।

३.फेसबुकले तपाईलाई एइआरजीबी कलर प्रोफाइलका साथ जेपीईजी फर्मेटमा फोटो सेभ गर्ने सल्लाह दिन्छ ।

४. फोटो अपलोड गर्ने बेला हाई क्वालिटी चेक बक्समा टिक गर्न नभुल्नु होला । यो बक्स तपाईको अपलोडिंग वीण्डोको बाँयातर्फ दिखिनेछ । यति काम गर्नु भयो भने तपाईको फोटो फेसबुकमा पहिलाकै जस्तै राम्रो र क्वालिटीको देखिनेछ । – एजेन्सी