Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

तीन महिनापछि गाउँमा बिजुली बल्यो

Saturday, October 28, 2017 National Power

११ कात्तिक,गुल्मी – गुल्मीको दरमखोला लघुजल विद्युत् सेवा झण्डै तीन महिनापछि नियमित रुपमा संचालन भएको छ ।  परोपकार बहुउद्देश्यीय सहकारी संस्था लि।द्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजना गत साउन महिनादेखि कहिले नहर बगाउने त कहिले नहर पहिरोले पुर्ने गर्दै पटक/पटक अवरुद्ध हुँदै नियमित हुन सकेको थिएन् ।

विद्युत् सेवा पछिल्लो समयमा असोज महिनाको पहिलो सातादेखि मुसिकोट नगरपालिका– २ को भर्जुवामा रहेको २५ केवीको ट्रान्समिटर जलेर अवरुद्ध भएको विद्युत् सेवाको ट्रान्समिटरलाई झण्डै एक महिना लगाएर उचित मर्मत र संम्भार गरी विद्युत् सेवा संचालनमा ल्याइएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।

लामो समयपछि विद्युत् सेवा संचालन भएसँगै सोही वडाका भर्जुवा अन्तर्गतका झण्डै १५५ घरधुरीका उपभोक्ताको घरमा बिजुली बलेपछि खुशी भएका छन् भने विद्युत् सञ्चालनसँगै बिजुली बत्ती, कुटानी पिसानी, फर्निचरलगायत विद्युतीययन्त्र समेत संचालन भएका छन् ।