Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

आँखैमा हो राखौं कि भन्दै दीपक

Wednesday, September 6, 2017 National Power

२१भाद्र, काठमाडौं – ‘आँखैमा हो राखौं कि…’ भन्दै आएका छन् दीपक पाठक । पहिलो एल्वम ‘म आकाश भएको हुन्छु’ बाट दर्शक–स्रोताको मन जित्न सफल दीपक पाठकको दोस्रो एल्वम स्टेप वानमा समावेश आँखैमा हो राखौं कि लिएर आएका हुन् । स्टेप वानमा रहेका गीत मध्ये ‘माकुरीले जाल बुने जसरी…’को भिडियो केही दिनअघि सार्वजनिक भएको थियो भने ‘आँखैमा हो राखौं कि…’को भिडियो हालै सार्वजनिक भएको हो । ‘आँखैमा हो राखौं कि…’ गीतमा शब्द र सङ्गीत पनि दीपक पाठककै छ ।

गीतमा सङ्गीत संयोजन चन्दु गोर्खालीको छ ।‘आँखैमा हो राखौं कि…’को भिडियोमा पुष्प खड्का र वर्षा सिवाकोटीको अभिनय छ । राम श्रेष्ठ र निरज कँडेलले खिचेको यो गीतको भिडियोमा दिपक सिंहको कोरियोग्राफी छ । अनिल कुमार महर्जनले सम्पादन गरको यो भिडियोलाई सुमन घिमिरेले निर्देशन गरेका छन् ।
विगत २५ वर्ष देखि नेपाली साङ्गीतिक क्षेत्रमा रहेका दीपकले थुप्रै कलेक्नस एल्वमहरुमा स्वर दिएका छन् भने चलचित्र गीत पनि गाएका छन् ।