Thursday 13th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

सुमो दुर्घटना हुँदा १ को मृत्यु, तिन घाइते

Friday, September 1, 2017 National Power

१६ भदौ, लहान – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका १० स्थित सडकमा आज टाटा सुमो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ ज ३५७२ नं को टाटा सुमो अनियन्त्रित भई सडक छेउमा भएको आँपको रुखमा ठोक्किँदा सुमोमा सवार उदयपुर कटारी नगरपालिका निवासी औचु लामाको मृत्यु भएको छ। दुर्घटनामा परी गम्भीर घाइते लामाको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको इप्रका धनगढीले जनाएको छ । दुर्घटनामा परी घाइते चालक विजयकुमार श्रेष्ठ, अर्जुन तामाङ, राजेश श्रेष्ठको विराटनगर र स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।