Wednesday 12th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

ट्रकको ठक्करबाट एकको मृत्यु

Thursday, August 31, 2017 National Power

१५ भदौ, रुपन्देही – रुपन्देहीको बुटवलमा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवल मिलनचोकमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट पाल्पाको तानसेन ६ का २७ वर्षका रुकबहादुर थापाको ज्यान गएको हो ।
बा ६४ प ६३८४ नम्बरको मोटरसाइकलमा चढेका थापालाई लु १ ख ९८७२ नम्बरको ट्रकले ठक्करदिएपछि विपरित दिशाबाट आएको भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिएको हो । ठक्करपछि गम्भीर घाइते भएका थापाको उपचारको क्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले बताएको छ ।