Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गायक सेखरको हुक्का रे बोलको गीत युट्युब मार्फत् सार्वजनिक

Tuesday, August 15, 2017 National Power

काठमाण्डौ – पूर्वका गायक सेखर बगडिया हुक्का रे भन्दै आएका छन् । उनको आफ्नै शब्द र स्वरमा सजिएको हुक्का रे‘ सार्वजनिक भएको छ । गीतलाई युट्युबमा मार्फत सार्वजनिक गरिएको हो ।
चलचित्र निर्देशक सुब्रत राज आचार्यले निर्देशन गरेको यस गीतका सङ्गीतकार सोहन मानन्धरको रहेको छ एरेन्जर बिजेश्वर तन्डुकार ले गरेका छन । गीतको भिडियोमा कोरियोग्राफी सुनिल छेत्री एवम् नेपाली ठिटो समुहको छ भने निशा जोशी, शुस्मा अधिकारी, सौरभ अधिकारी, पवन अग्रवाल एवम नेपाली ठिटो समुहको अभिनय रहेको छ ।
पप र र्यापमा आधारित यस गीतको भिडियो पश्चिमेली स्टाइलको रहेको र नेपाली गीत सङ्गीतमा बिल्कुल नयाँ प्रयोग गरिएको र युवा पुस्तालाई मध्यनजर गरी बनाइएको भिडियो रमाइलो बनेकोछ । भिडियोलाई मुर्त रुप दिन छांयाकार अर्जुन तिवारीले अत्यन्त मेहनत गरेका छन भने सम्पादकमा भरत रेग्मीले कुशल सम्पादन गरेका छन ।


मारवाडी समुदायका गायक शेखरले यस अघी ‘नक्कली मोरी‘’ ‘गरिमा गरिमा‘’ लगायतका दर्जनौ गीत गाइसकेका छन । गरिमा गरिमा बोलको गीत एकताका धेरै चर्चित रहेको थियो । त्यस गीतमा शेखरका अलावा सुगम पोखरेल, नवीन के भट्टराइ, मोहन भुसाललगायतका गायक गयिकाले गयिकाको स्वर रहेको थियो भने कलाकार राजेश हमाल, झरना थापा, सुशिल छेत्री, मह जोडी, बिजय लामा, निरुता सिंहलगायतका दर्जनौ कलाकारले अभिनय गरेका थिए ।