Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

भरतपुर १९ मा साउन २० गते निर्वाचन

Wednesday, August 2, 2017 National Power

१८ साउन, चितवन – भरतपुर महानगरपालिका–१९ मा यही साउन २० गते पुनः मतदान हुने भएको छ ।

बुधबार बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको मुख्य निर्वाचन कार्यालय चितवनले जनाएको छ । निर्वाचनको भोलिदेखि मौन अवधि सुरु हुनेछ । निर्वाचनका लागि आवश्यक जनशक्ति तयार रहेको कार्यालयका सहायक मतदान अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।

गत वैशाख ३१ गते भएको निर्वाचनको मतगणना जारी रहेका बेला जेठ १४ गते राति मतपत्र च्यातिएपछि त्यस ठाउको मतगणना स्थगित भएको थियो ।यही साउन १५ गते सर्वोच्च अदालतले उक्त वडामा पुनः मतदान गर्न आदेश दिएपछि निर्वाचनको बाटो खुलेको हो ।