Wednesday 4th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

भरतपुर १९ मा साउन २० गते निर्वाचन

Wednesday, August 2, 2017 National Power

१८ साउन, चितवन – भरतपुर महानगरपालिका–१९ मा यही साउन २० गते पुनः मतदान हुने भएको छ ।

बुधबार बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको मुख्य निर्वाचन कार्यालय चितवनले जनाएको छ । निर्वाचनको भोलिदेखि मौन अवधि सुरु हुनेछ । निर्वाचनका लागि आवश्यक जनशक्ति तयार रहेको कार्यालयका सहायक मतदान अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।

गत वैशाख ३१ गते भएको निर्वाचनको मतगणना जारी रहेका बेला जेठ १४ गते राति मतपत्र च्यातिएपछि त्यस ठाउको मतगणना स्थगित भएको थियो ।यही साउन १५ गते सर्वोच्च अदालतले उक्त वडामा पुनः मतदान गर्न आदेश दिएपछि निर्वाचनको बाटो खुलेको हो ।