Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

ढुंगाले च्याप्दा एकै घरका तीनबालबालिकाको मृत्यु

Tuesday, August 1, 2017 National Power

१७ साउन, कालीकोट – कालीकोटको सान्नित्रिवेणी गाउँपालिकाको एक घरमा बाढीसँगै आएको ढुंगाले घर पुर्दा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सान्नित्रिवेणी–६ काव्राका बुदे सार्कीका १३ वर्षीया छोरी ललिता, नौ वर्षीय छोरा लंक र पाँच वर्षीया छोरी कल्पना सार्की रहेको आफन्तले बताएका छन् । उनीहरु ढुङ्गाले च्यापिएका छन् । बुदे, उनकी श्रीमती बेलु र छिमेकी शर्मिला सार्कीसहित सात जना घाइते भएकोले उनीहरुको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको स्थानीयले बताए । सान्नित्रिवेणीका अध्यक्ष डम्बरबहादुर शाहीका अनुसार सिंगो दलित बस्ती उच्च जोखिममा रहेको बताइएको छ । अध्यक्ष शाहीले बस्ती स्थानान्तरण गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय कालीकोटमा पहल गरिएको जानकारी दिए ।