Friday 14th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

शारदाको सारी फरर

Sunday, July 30, 2017 National Power

संचारकर्मी शारदा थापाले तीज पर्वको अवसरमा आफ्नो नयाँ सांगीतिक कोशेली दर्शक सामु लिएर आएकी छिन् त्यसो त यो नै उनको पहिलो तीज गीत भने होइन, यसअघि पनि उनका तीज गीतहरु बजारमा आइसकेका छन् । यसपटक पनि उनले त्यो क्रमलाई तिरन्तरता दिएकी छन् ।


रेडियो, टेलिभिजन लगायतका माध्यममा छाइरहेकी शारदाले यो वर्ष सारी फरर बोलको गीत लिएर आएकी छन् । सारी फररको म्युजिक भिडियोसहित आएकी शारदाको गीत सामाजिक सञ्जालमा निकै रुचाइएको छ ।
हाल एबीसी टेलिभिजन र टाईम्स एफ एममा कार्यरत जादुमय भर्सटाईल स्वर भएकी शारदाले आधा दर्जन गीतहरुमा स्वर दिइसकेकी छन् भने यो उनको दोश्रो तीज गीत हो । विनोद विश्वकर्माको शब्द संगीत रहेको गीततको म्युजिक भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी रहेको छ भने दिपेश थापामगरले निर्देशन गरेका छन् ।

युना राईको अभिनय रहेकोतीज गीत सारीफररले हिजो आज तीजको नाममा वजारमा सुनिने गरेका भड्किला गीतहरुलाई चुनौती समेत दिएको निर्माण पक्षको दावी रहेकोछ । गीतमा अत्यन्त सरल शब्दमा हाँसीखुशी तीज मनाऔ भन्ने सन्देश रहेको गायिका शारदाले बताइन् ।
तीज नारीहरुको वर्ष दिनमा आउने महत्वपूर्ण पर्व हो ।
चुरापोते, गीतसंगीत र धार्मिक विश्वासमा अडेको तीजलाई सभ्य र भव्य बनाउन यस्ता गीतहरुले महत्वपूर्ण योगदान पुराउने अपेक्षा गर्न सकिन्छ ।