Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

दाङको राप्ती गाउँपालिकामा मतगणना जारी, माओवादी अग्रता

Thursday, June 29, 2017 National Power

१५ असार, दाङ – स्थानीय तह निर्वाचन अन्तर्गत दाङका गाउँपालिकाहरुमा मतगणना जारी छ । राप्ती, गढवा, राजपुर, बंगलाचुली र दंगिशरण गाउँपालिका मतगणना भइरहेको छ ।

दाङको सबैभन्दा धेरै मतदाता भएको राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । आदर्श मावि लालमटियाको नयाँ भवनमा वडा नम्बर ९ बाट मतगणना सुरु गरिएको छ ।

२२५ मतगणता सकिँदा वडा अध्यक्ष पदमा माओवादी केन्द्रले ८९ मत पाएको छ । कांग्रेसको ७५ र एमालेको २६ मत छ । राप्रपाका उम्मेदवारले २ मत पाएका छन् ।

यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रको ९०, कांग्रेसको ७३, एमालेको २७ र राप्रपाको २ मत परेको मुख्य निर्वाचन अधिकृत लालमणि ओझाले जानकारी दिए ।