Thursday 13th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेर भारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने

Saturday, June 24, 2017 National Power

१० असार, बैतडी – यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेर भारतसँग जोडिएको सीमानाका ७२ घन्टा बन्द गर्ने सहमति भएको छ ।

दार्चुलामा शुक्रबार भएको संयुक्त सीमा सुरक्षा बैठकमा चुनावलाई ध्यानमा राखी सीमानाका बन्द गर्ने सहमति भएको बैतडीका प्रजिअ तुलसीराम पौडेलले जानकारी दिए ।स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर भारतको पिथौरागढ जिल्लाका डिएम, दार्चुला र बैतडीका प्रजिअ र सुरक्षा निकायका प्रमुखको बैठकमा नेपालमा हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सहयोग आदानप्रदान गर्ने सहमति भएको हो ।

सोअनुसार यही असार १२ गते बिहान ७ बजेदेखि असार १५ गते बिहान ७ बजेसम्म सीमानाका बन्द हुने छ । सीमा सुरक्षा बैठकमा चुनावी सुरक्षाका साथै सीमा क्षेत्रमा हुन सक्ने अपराध न्यूनीकरण गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन, वन्यजन्तुको चोरी सिकारलगायत अपराधको न्यूनीकरणका विषयमा दुवै देशका सुरक्षा अधिकारी चनाखो रहने सहमति भएको उनले बताए । यस्तै महाकाली नदीमा बन्ने भनिएका झोलुङ्गे पुल निर्माणका लागि दुवै देशका स्थानीय प्रशासनले चाल्नुपर्ने कदम यथाशीघ्र चाल्ने सहमति पनि भएको छ ।