Thursday 13th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

चाँगुनारायण नपाका प्रमुख-उपप्रमुखमा एमाले विजयी

Wednesday, May 31, 2017 National Power


१६ जेठ, भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुख–उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मंगलबार बिहान सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार प्रमुखमा नेकपा एमालेका सोम मिश्र र उपप्रमुखमा पनि एमालेकै विना बास्तोला निर्वाचित भएका हुन्।

मिश्रले ८ हजार ५ सय १२ मत पाएरका छन् भने उनको निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राजाराम खड्काले ६ हजार ८ सय ६९ प्राप्त गरे।

त्यसैगरी उपप्रमुखमा पनि एमालेकै विना बास्तोला ८ हजार ७ सय ७९ मत ल्याएर निर्वाचित भइन् भने उनका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी राधा (सरु) बानियाँले ७ हजार ४ सय ७६ मत प्राप्त गरेकी छन्।

यसैबीच, चाँगुनारायण नगरपालिकामा एमालेले बहुमत सिट विजय हासिल गरेको छ। ९ वटा वडा भएको चाँगुनारायणको प्रमुख र उपप्रमुखसहित ४७ सिटमा एमालेले २४ सिटमा जित हासिल गरेर बहुमत पुर्‍याएको । एमालेले चाँगुनारायणको वडा नं. ३, ४, ६ र ८ वडाबाट २०, वडा नं. २ र ७ मा एक एक र नगरप्रमुख र उपप्रमुखसहित २४ जना विजय भएको हो। चाँगुनारायणमा कांग्रेसले ४ वडा अध्यक्षसहित १८ र नेमकिपाले एक वडा अध्यक्षसहित ५ सिटमा जित हासिल गरेको छ।