Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

चाँगुनारायण नपाका प्रमुख-उपप्रमुखमा एमाले विजयी

Wednesday, May 31, 2017 National Power


१६ जेठ, भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुख–उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मंगलबार बिहान सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार प्रमुखमा नेकपा एमालेका सोम मिश्र र उपप्रमुखमा पनि एमालेकै विना बास्तोला निर्वाचित भएका हुन्।

मिश्रले ८ हजार ५ सय १२ मत पाएरका छन् भने उनको निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राजाराम खड्काले ६ हजार ८ सय ६९ प्राप्त गरे।

त्यसैगरी उपप्रमुखमा पनि एमालेकै विना बास्तोला ८ हजार ७ सय ७९ मत ल्याएर निर्वाचित भइन् भने उनका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी राधा (सरु) बानियाँले ७ हजार ४ सय ७६ मत प्राप्त गरेकी छन्।

यसैबीच, चाँगुनारायण नगरपालिकामा एमालेले बहुमत सिट विजय हासिल गरेको छ। ९ वटा वडा भएको चाँगुनारायणको प्रमुख र उपप्रमुखसहित ४७ सिटमा एमालेले २४ सिटमा जित हासिल गरेर बहुमत पुर्‍याएको । एमालेले चाँगुनारायणको वडा नं. ३, ४, ६ र ८ वडाबाट २०, वडा नं. २ र ७ मा एक एक र नगरप्रमुख र उपप्रमुखसहित २४ जना विजय भएको हो। चाँगुनारायणमा कांग्रेसले ४ वडा अध्यक्षसहित १८ र नेमकिपाले एक वडा अध्यक्षसहित ५ सिटमा जित हासिल गरेको छ।