Thursday 13th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

रेणु र ज्ञवाली वीचको मतान्तर अब ७८४ मात्र

Sunday, May 28, 2017 National Power

१४ जेठ, भरतपुर –२ वटा वडाको मात्र मत गणना गर्न बाँकी रहेको अवस्थामा मतान्तर ७८४ मा झरेको छ र राजनीतक दलका कार्यकर्ताको आउजाउ वाक्लिएको छ भरतपुरमा । वडा नं १९ र २० को मतगणना बाँकी रहँदासम्म एमालेका उम्मेद्वार देवी ज्ञवाली गठबन्धनकी उम्मेद्वार रेणु दाहाल भन्दा मात्र ७८४ मतले अगाडी छन् ।

यस्तोमा अन्तिम नतिजा के हुन्छ आँकल गर्न गाह्रो छ ।मत गन्न बाँकी यी दुई वडा परम्परागत रुपमा काँग्रेसको गढको रुपमा चिनिन्छ, यस्तोमा गठबन्धकी उम्मेद्वारले सजिलै जित्नुपर्ने हो । अहिले सम्मको ट्रेन्डलाइ हेर्दा भरतपुरमा रेणुले काँग्रेसको करिब ६० प्रतिशतको हाराहारीमा मात्र मत पाएको देखिन्छ भने करिब २० प्रतिशत काँग्रेसी भोट एमालेलाइ गएको देखिन्छ ।

यसरी हेर्दा भरतपुरमा एमालेले जित्न सक्ने आँकल न गर्न सकिन्छ तर यी दुइ वडाको कति काँग्रेसी भोट रेणुलाई गएको भन्ने कुराले अबको जित हारको हाँकल गर्न सकिन्छ ।यदि अरु वडाकै ट्रेन्डमा रेणुलाइ भोट गएको छ भने उनलाइ त्यहाँ जित हासिल गर्न कठिन हुनेछ, जुन काँग्रेसी गढ मानिएको अर्को वडा नं २१ भोटले पनि देखाएको छ । त्यस वडाबाट गठबन्धनले सोचेको जति भोट रेणुलाइ गएको देखिन्न ।

बाँकी रहेको यी दुइ वडामा करिब  ६ हजारको हाराहारीमा मत खसेको अनुमान छ ।

स्मरण रहोस् भरतपुरमा माओवादीको आफ्नै भोट निकै नगन्ने छ ।