Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

संसद अधिवेशन आजदेखि अन्त्य हुने

Thursday, May 18, 2017 National Power

४ जेठ, काठमाडौं – व्यवस्थापिका संसदको अधिवेशन आजबाट अन्त्य हुने भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख ओनसरी घर्तीले अधिवेशन अन्त्य भएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने तयारी छ ।

२०७३ सालको बैशाख २१ गते शुरु भएको यो अधिवेशन लगातर अहिलेसम्म चलिरहेको थियो भने अधिवेशन अन्त्य भएपनि तत्कालै वर्षे अधिवेशन बोलाउने सरकारको तयारी छ । सरकारले जेठ १५ गते काम चलाउन बजेट ल्याउने तयारी गरेको छ ।

आजका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधिश सुशिला कार्कीमाथिको महाअभियोग प्रस्तावमाथिको छलफल अघि बढ्ला कि नबढ्ला भन्ने चासोका साथ हेरिएका बेला अधिवेशन नै स्थगित हुने भएको हो ।