Thursday 13th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

गुल्मिकी अनुले जितिन् नेशनल एक्टिङ कम्पिटिसन

Thursday, May 18, 2017 National Power

जेठ ३, काठमाडौ – देशकै सर्वाधिक चर्चामा रहेको अभिनय प्रतियोगिता नेशनल एक्टिङ कम्पिटिसन थापाले जितेकी छन् । २४ बर्षीया थापाले देशभरबाट सहभागी हजारौ प्रतिस्पर्धिलाई पछि पार्दै उपाधी चुमेकी हुन् । बिजेता थापाले दुई लाख पचास हजार बराबरको बिभिन्न उपहार, चलचित्र तथा ब्यवसाहिक बिज्ञापन अभिनय अवसर उपहारका रुपमा प्राप्त गरेकी छन् ।

प्रतियोगितामा धनुषाका निस्चल कार्की दोस्रो र पाँचथरका उज्वल अधिकारी तेस्रो भए । तीनै प्रतियोगि टप २५, टप १५, टप ६ हुँदै विजेता बनेका हुन् ।

अभिनयको माध्यमबाट उत्कृष्ट प्रतिभा छान्ने यो देशकै पहिलो रियालिटी शो हो । चर्चित अभिनेता दयाहाङ राई, अभिनेत्री ऋचा शर्मा र अभिनेता अनुप बराल प्रतियोगिताको निणार्यकमा रहेका थिए ।

इमेज च्यानलबाट प्रत्येक बिहीबार बेलुका ८ः२० बजे प्रसार हुँदै आएको प्रतियोगिताको अन्तिम स्पर्धा हालै राजधानीमा सम्पन्न भएको हो ।

कलाक्षेत्रमा प्रतिभावान कलाकार जन्माउने उदेश्यले ‘नेशनल एक्टिङ कम्पिटिसन’ आयोजना सुरु गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

अनुप बराल, विक्रम परियार, देव न्यौपाने, दिया मास्के लगायतले प्रतियोगीलाई अभिनयको बिभिन्न प्रशिक्षण दिएका थिए ।