Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

६ नं प्रदेश कम्युनिष्टको किल्ला

Wednesday, May 17, 2017 National Power

३ जेठ, काठमाडौं – तीन वटा प्रदेशका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचन अन्तर्गत विभिन्न जिल्लाको मत परिणाम आउने क्रम तीव्र बनेको छ । देशको समग्र परिणाममा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो छ ।

तर, प्रारम्भिक नतिजाका आधारमा विश्लेषण गर्दा ६ नम्बर प्रदेशमा भने माओवादी केन्द्र पहिलो दल बन्ने संकेत देखिएको छ । यो प्रदेशमा एमाले दोस्रो र कांग्रेस तेस्रो बन्ने संकेत देखिएको छ ।

प्रदेश नम्बर ६ मा साढे ९ जिल्ला छन् । यहाँको कुल स्थानीय तह संख्या ७८ रहेको छ । यसमध्ये ३७ स्थानको मत परिणाम आइसकेको छ । यो परिणामध्ये १४ स्थानमा माओवादीले जितेको छ भने एमालेले ११ स्थानमा जितेको छ । यस्तै, कांग्रेसले १० स्थानमा जितेको छ ।

प्रदेश नम्बर ६ का दुई वटा स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रदेश नम्बर ६ का केही स्थानीय तहको मगणनाको अग्रता अनलाइनखबरलाई प्राप्त भएको छ । अग्रताको हिसाबले विश्लेषण गर्दा एमाले ८ स्थानमा अगाडि छ भने माओवादी ७ र कांग्रेस ६ स्थानमा अगाडि छ ।