Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

चलचित्र हेर्न थालियो

Tuesday, May 16, 2017 National Power

विगत नौं बर्ष यता नियमित रुपमा आयोजना हुदै आएको डि सिने अवार्ड यसबर्ष पनि मोफसलमा आयोजना हुने भएको छ । सात बर्ष लगातार रुपमा काठमाण्डुमा आयोजना भएपछी गतबर्ष देखि मोफसलमा आयोजना हुन् लागेको अवार्ड यसपटक हेटौडामा आयोजना हुनेछ ।


सात बर्ष अगाडी डिजिटल फर्म्याटमा बनेका फिल्मलाई लक्षित गर्दै आयोजना गरिएको यो अवार्डले डिजिटल प्रविधिको विकाससंगै आफूलाई पनि फैल्याउदै लगेको छ । गतबर्ष पोखरामा आयोजना भएर मोफसल पुगेको योअवार्ड यसपटक हेटौडामा भने असरमा आयोजना हुनेछ । अवार्डमा सहभागी हुने फिल्मको दर्ता प्रक्रिया र जुरिहरुबाट फिल्म हेर्ने कार्य पनि भैरहेको छ ।
डि सिने अवार्ड स्थापनाकाल देखी नै जुरी बस्दै आएका कलाकार एवं लेखकर निर्देशक मोहन निरौलाको संयोजनमा पाँच सदस्य रहेको निर्णायक समुहमा विजयरत्न तुलाधर, पत्रकार डब्बु क्षत्री, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सबनम मुखिया रहेका छन् ।
०७३ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरु जुरीले हेरिरहेका छन् । अवार्डको नवौ बर्षको अवसरमा दर्ता शुल्क पनि रुपैया नौ सय मात्र राखिएको छ ।
शान्तिप्रिय र अवार्ड अध्यक्ष : हामीले अघिल्लो बर्ष देखि अवार्डलाई मोफसलमा लागिरहेका छौ र यसलाई निरन्तरता दिदै यसबर्ष पनि अवार्ड हेटौडामा गर्दैछौ । फिल्मलाई आन्तरिक रुपमै प्रवर्धन गर्ने उदेश्यले हामीले मोफसल तीर अवार्ड लगेका छौ । हामी घरमा बलियो भएपछी मात्र बाहिर जानु पर्छ भन्ने हाम्रो टीमको मान्यता हो । किनकी हाम्रो पहिलो प्राथमिकता घरेलु दर्शक नै हो ।