Friday 26th July 2024

    श्रावण १९ गते शनिवार ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन गंगबुँ आत्मज्ञान स्थित कुक्कुमा हुने    गायिका रचना रिमालको “बिलौना” बोलको तीज गित बजारमा    सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई कलाकार संघको वधाई    दीपिकाको दुख्यो आमा ऐया ऐया    नालापानीको नयाँ ट्रेलर साउन २५ देखि प्रदर्शनमा सार्वजनिक

बाध्य भएर प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग लगाउनु पर्यो:माओवादी केन्द्र

Monday, May 1, 2017 National Power

१८ बैशाख, काठमाडौँ – कार्यपालिकाको क्षेत्राधिकारमाथि नै हस्तक्षेप गरेको पाइएपछि बाध्य भएर सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउनु परेको नेकपा (माओवादी केन्द्र)ले ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी केन्द्रको हेडक्वाटरको बैठकले कार्यपालिकाको निर्णयमाथि अङ्कुश लगाउने कार्य कानुनी शासन र लोकतन्त्रविरुद्धको कदम भएको भन्दै महाअभियोगको विषयले स्वतन्त्र न्यायालयको गरिमा अझ बढाउने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाअभियोगको समग्र पक्ष र पाटोका बारेमा जानकारी गराएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

महाअभियोगको विषयले स्थानीय तहको निर्वाचनमा कुनै पनि बाधा उत्पन्न नहुने र सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको ठहर समेत बैठकले गरेको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचनको तयारी तथा संविधान संशोधन एवम् समग्र राजनीतिक अवस्थाका बारेमा छलफल भएको र बैठक पुनः साँझ बस्ने गरी स्थगित भएको प्रवक्ता भुसालले जानकारी दिइन।