Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

शान्तिपूर्ण कार्यक्रममा अवरोध नगर्न सरकारसँग माग

Wednesday, April 26, 2017 National Power

१३ बैशाख, वीरेन्द्रनगर – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले आफ्नो पार्टीको शान्तिपूर्ण कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरिरहे स्थानीय तहमा विभिन्न पार्टीबाट उम्मेदवारहरुलाई अपहरण गर्ने चेतावनी दिएका छन्।

वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी पुनले गाउँगाउँबाट उम्मेदवार असुरक्षित भएको भन्दै स्थानीय चुनावका उम्मेदवारलाई अपहरण गर्ने धम्की दिएका छन्। उनले भने, ‘यदि सहरबाट हाम्रो पार्टीका कार्यकर्ता गिरफ्तार गरेजस्तै पार्टीले गाउँगाउँबाट उम्मेदारहरुलाई अपहरण गर्ने सम्मका कार्यक्रमा ल्याउने छ।’ उनले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा पार्टीले शान्तिपूर्ण जनसभा गर्न खोज्दा पनि प्रहरीले विनाकारण हस्तक्षेप गरेको भन्दै यस्तो चेतावनी दिएका हुन्। आफ्नो पार्टीको शान्तिपूर्ण कार्यक्रममा अवरोध नगर्न सरकारसँग माग गर्दै पुनले शान्तिपूर्ण कार्यक्रममा रोक लगाइए आफूहरु जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने दाबी गरेका छन्।