Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

५ जना कर्मचारी भ्रष्टाचारका आरोपमा निलम्बनमा

Wednesday, April 19, 2017 National Power

६ वैशाख, इटहरी – इटहरीस्थित यातायात ब्यवस्था विभाग कार्यालय कोशीका कार्यालय प्रमुखसहित ५ जना कर्मचारी भ्रष्टाचारका आरोपमा निलम्बनमा परेका छन् । ५६ करोड ५८ लाख रुपैयाँ सरकारी राजश्व हिनामिना गरेको भेटिएपछि उनीहरु बुधबार निलम्बनमा परेका हुन् ।

कार्यालयका प्रमुख उपसचिव नयराज नेपाल, लेखा अधिकृत टिकाराम अधिकारी, लेखापालद्वय सुरेश अधिकारी र रुदप्रसाद दाहाल तथा नायबसुब्बा टिका बास्तोलालाई भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयले निलम्बन गरेको हो । यी मध्ये घोटाला प्रकारणमा नासु सुरेश अधिकारीलाई प्रमुख योजनाकार मानिएको छ ।उनकै योजनामा विगत ३ वर्षदेखि विभागका राजश्व नै घोटाला भइरहेको र त्यसमा अन्यले पनि संलग्ना देखिएको ठहर मन्त्रालयले गरेको छ ।सचिवस्तरीय निर्णयबाट कार्यालयको टिम नै निलम्बनमा परेपछि यातायात ब्यवस्था विभागले भ्रष्टाचारबारे थप छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको छ ।कार्यालयमा सेवाग्राहीबाट उठाएको सवारी कर यातायात दस्तुर, सडक सुधार कर, आय कर नै उनीहृरुले फर्जी सिस्टम खडा गरेर दुरुपयोग गरेको भेटिएको छ ।

नक्कली बिल तथा भौचर जारी गरेर इटहरीको सवारी कार्यालयले विगत ५ वर्षदेखि राजश्व नै हिनामिना गरेको पाइएको छ । सरकारी खातामा जम्मा हुनुपर्ने रकम नै नभेटिएपछि विभागले कार्यालय प्रमुखसहितका कर्मचारीलाई निलम्बन गरेको हो ।विभागमा महानिर्देशक रुपनारायण भट्टराईले प्रारम्भिक अनुसन्धानमा राजश्व हिनामिना भएको भेटिएपछि निलम्बन गरिएको पुष्टी गरे । भट्टराईका अनुसार थप अनुसन्धान अख्तियारले गर्ने बताए ।