Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

निर्वाचनलाई सुरक्षा योजना लागू गर्ने पूर्वाञ्चल प्रहरी

Sunday, March 26, 2017 National Power

१३ चैत, काठमाडौं – सरकारले घोषणा गरेको स्थानीय चुनाव सम्पन्न गर्नु प्रहरीको दायित्व भएकाले पूर्वाञ्चलमा निर्वाचनलाई केन्द्रित गरी सुरक्षा योजना लागू गर्ने पूर्वाञ्चल प्रहरी प्रमुख डिआइजी रमेश भट्टराईले बताएका छन् ।

डिआइजी भट्टराईले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने प्रहरीको दायित्व भएकाले पूर्वाञ्चलमा सुरक्षा व्यवस्थाका लागि सोही अनुरुपको तयारी गरिने बताए ।

डीआईजी भट्टराईले पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा आज पत्रकार सम्मेलन गरी चुनावलाई लक्षित गरी हुन सक्ने अपराध नियन्त्रण, मतदाता तथा उम्मेदवारको सुरक्षा प्राथमिकतामा रहने जानकारी दिए । संगठित अपराध, गुन्डागर्दीजस्ता आपराधिक प्रवृत्तिको अन्त्यका लागि प्रहरी नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने पनि बताए ।

भट्टराईका अनुसार प्रहरी सेवाको प्रवाह, अपराध अनुसन्धान तथा नियन्त्रण, सुशासन कायम गर्न प्रशासनिक सुधार, प्रविधिको अधिकतम उपयोगका साथै ट्राफिक व्यवस्थापनलाई प्रभावकारीरुपमा अघि बढाइने भनाई रहेको छ ।