Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

जुम्लाका लागि धानको विउ राख्ने दिन भोली

Friday, March 24, 2017 National Power

११ चैत जुम्ला – जुम्ला जिल्लामा सदाझै यो बर्ष पनि धानको विउ राख्ने तयार भईरहेको छ । विशेष गरि अरु दिनहरु भन्दा चैत १२ गते धानको विउ राख्ने प्रचलन रहेको छ ।समय अनुकुल धानको विउ राख्दा राम्रो फल मिल्ने स्थानिय बासिहरुको जनविस्वास रहेको छ ।
धानलाई चैत १२ गते पानिमा भिजाएर राख्ने ,१६ गते त्यसलाई फेरी अर्को ठाउँमा विना पानि राख्ने त्यसपछि २० गते विउ राम्रो भएपछि बेर्नामा राख्ने गरिन्छ यसरी विउ राख्दा ठिक समयमा विउ ठुुलो हुने र सार्न सजिलो हुने स्थानिय बासीहरुको भनाई रहेको छ ।
त्यति बेला खेतमा जौ काट्ने समय पनि उचित हुने हुदा जुम्लाका लागि जौ पाक्ने अनि धानको विउ ठुलो हुने समय करिब करिब उस्तै हुनुपर्ने जुम्ला जिल्ला चन्दनाथ १२ का अमर नेपालीले बताए ।