Saturday 27th July 2024

    श्रावण १९ गते शनिवार ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन गंगबुँ आत्मज्ञान स्थित कुक्कुमा हुने    गायिका रचना रिमालको “बिलौना” बोलको तीज गित बजारमा    सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई कलाकार संघको वधाई    दीपिकाको दुख्यो आमा ऐया ऐया    नालापानीको नयाँ ट्रेलर साउन २५ देखि प्रदर्शनमा सार्वजनिक

दुई बालकको भक्तपुरको इँटा उद्योगबाट उद्धार

Tuesday, March 21, 2017 National Power

८ चैत, सल्यान – सल्यानका दुई बालकको भक्तपुरको एक इँटा उद्योगबाट उद्धार गरिएको छ। बन्गाड कुपिण्डे नगरपालिका–१२ का १३ वर्षीय नेत्रलाल घर्ती र वडा नं–११ का १३ वर्षीय नेत्रलाल पुनको उद्धार गरिएको बाल विकास समाज भक्तपुरका दिपेन्द्र पराजुलीले जानकारी दिए। जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्व तथा महानगरीय प्रहरी परिसर भक्तपुर र बालविकास समाजको समन्वयमा भक्तपुरका इँटा उद्योगबाट उनीहरूको उद्धार गरिएको हो। भक्तपुरको सरस्वती इँटा उद्योग र महेश्वरी इँटा उद्योगबाट उनीहरूको उद्धार गरिएको हो । महिला तथा बालबालिका कार्यालय सल्यानको समन्वयमा ती बालकलाई परिवारको जिम्मा लगाइएको छ। उनीहरू कक्षा ४ मा पढ्ने र आफूहरू पैसा कमाउन २ महिनाअघि भक्तपुर गएको बताए। उनीहरू घरबाट भागेको हुनसक्ने प्रहरीले जनाएको छ।