Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

बाजुरामा विरामीको अनुपातमा निशुलक औसधि अत्यन्त न्युन

Saturday, March 4, 2017 National Power

२१ फागुन,बाजुरा-बाजुराका बिरामीको अनुपातमा निसुल्क औसधी भने निक्कै कम आउने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर मोहन नाथका अनुसार “बाजुरामा वर्षमा एक लाख ५६ हजार विरामीको उपचार गरिन्छ । सरकारबाट प्राप्त निशुल्क औषधीलाई भाग गर्दा प्रति विरामी २५ रुपैंया पर्छ । २५ रुपैंयाको निशुल्क औषधीले विरामीलाई “हात्तीको मुखमा जीरा” भने झै हुन्छ डाक्टर नाथले भन्नुभयो । अहिले नेपाल सरकारबाट बाजुराका विरमीको उपचारका लागि ७० प्रकारको औषधि निःसुल्क दिने ब्यबस्था छ ।


बाजुराका लागि केन्द्रवाट ७० प्रतिसत खरिद गरी पठाउनु पर्छ । क्षेत्रले किन्न पाउने १० प्रतिसत र जिल्लाले किन्न पाउने २० प्रतिसत औषधि हो । जिल्लामा भाग आएको २० लाख रुपैया बराबरको औषधीमा ठेक्का गर्दा १७ लाख ९७ हजार रुपैंया वराबरको औषधी खरिद गरि गांउँमा पठाई सकेकोछ । केन्द्र र क्षेत्रबाट आउने औषधिको नाममा यो वर्ष केही प्रकारको औषधि जम्मा दुईपटक मात्र प्राप्त भएको छ । सरकारले तोकिए अनुसारको औषधि अहिले सम्म पुरा भएको छैन । आएपनि एक एक आईटम आउँछ डाक्टर नाथले भन्नुभयो ।
डाक्टर नाथले भन्नुभयो “स्वास्थ्य मन्त्री गगन थापाले भन्नुभएको छ । जिल्लामा औषधि नभए २४ घण्टामा खवर गर्नु । सके अषैधी नसके रकम पठाई दिनेछु ” तर, जिल्लामा न प्रयाप्त औषधी छ न केन्द्रले औषधि पठाएको छ । डाक्टर नाथले औषधी पाउने आशातित कुरा गर्नु भयो । तोकिएको औषधी जिल्लामा आउने छ । स्वास्थ्य चौकीले पाउने ३५ प्रकारका निशुल्क औष्धि पनि सबै प्रयाप्त मात्रमा छैन रुगिन स्वास्थ्य चौकी अनमी प्रेमकला मल्लले बतार्ईन् । सबै मात्रामा औषधि नभएपनि सामान्य मात्रामा औषधिको अभाव नभएको डा.नाथको भनाई छ । जिल्लामा प्राप्त हुने कोटा अनुसारको औषधी पुगिसकेको छ । यद्येपी उक्त कोटाको औषधिले मात्र नपुग्ने हुंदा सरकारले कोटा वढाउनु पर्छ डाक्टर नाथले भन्नु भयो ।
बाजुराका २६ वटा स्वास्थ्य चौकी २६ बर्थिंङ्गसेन्टर, एक प्राथमिक स्वास्थ्य केन््रद् र एक जिल्ला अस्पताल सहितका सरकारी स्वास्थ्य संस्थाहरु छन् । प्रइक स्वास्थ्य ंस्थामा विरामीको घुंईचो हुन्छ । “सरकारी निशुलक औषधी नगन्यरुपमा पाएपछि मेडिकलकै औषधीको भरमा छौं।” विरामीको दःुखेसो छ ।
मौसम परिवर्तन संगै संक्रमणजन्य बिरामीको सख्या उल्लेख्य मात्रामा बृद्घि भएको अस्पताल श्रोतले बताएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा बाजुरामा दिनप्रतिदिन पानीजन्य संक्रमण,झाडापखालाका बिरामीको संख्यामा आउने गरेको बताईएको छ । हप्तामा आईतबार र सोमबारमा बिरामीहरु बढी आउनु गरेको डा.टिका राईले बताउनुभयो । प्रत्येक दिनमा कम्तिमा १५० बढी सक्रमणजन्य र दमका बिरामी आउने गरेको डाक्टर राईले बताउनुभएको छ । मौसमा परिवर्तनका कारण बिभिन्न खालका संक्रमण देखिने भएकाले तातो पानी पिउनुका साथै सफा स्वच्छ रहन डाक्टरहरुको सुझाव रहेको छ ।्