Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

खरेलको दुर्गामाण्डौ सार्वजनिक

Thursday, February 16, 2017 National Power

सुदूरपश्चिममा व्याप्त महिला हिंसा र कुरितीमा आधारित भएर लेखिएको पुस्तक दुर्गामाण्डाँै विमोचन गरिएको छ । आज काठमाडाँैमा आयोजित एक कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले उक्त पुस्तक संगै त्यसै घटनामा आधारित रहेर तयार पारिएको ४८ मिनेट लामो लघुचलचित्रको पनि प्रथम प्रदर्शनी गरिएको छ ।
पत्रकार तथा चलचित्रकर्मी माधव राज खरेलद्वारा लिखित तथा पत्रकार नवराज दुवाडीद्वरा सम्पादित उक्त पुस्तकमा सुदूरपश्चिमको डोटी जिल्लामा रहेको दुर्गामाण्डौँ गाउँको घटनालाई प्रतिनिधि घटना बनाई उक्त पुस्तक तयार पारिएको हो । साथै उक्त विषयमै आधारित लघुचलचित्र पनि उनै माधव राज खरेलले नै निर्माण तथा निर्देशन गरेका हुन ।
वरिष्ठ चलचित्रकर्मी तथा गीतकार यादव खरेल, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय तथा सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्ने नेकपा एमालेमा सांसद गरिमा शाह लगाएतको उपस्थितीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा वरिष्ठ संचारकर्मी एवं गीतकार भरत बमजन, नायक श्रीदेव भट्टराई, पत्रकार रन्जित धमला, समाजसेवी सविता उप्रेती, नायिका सानिया खान, पत्रकार कमला जोशी, कलाकारहरु तारा याक्खा, गंगा भुजेल, मिन बहादुर बोहोरा लगाएतका व्यक्तित्वहरुलाई समेत सम्मान एवं कदर पत्र प्रदान गरिएको थियो  ।
एक जना दुर्गा भन्ने पात्र मार्फत सुदूरपश्चिममा हुने महिला माथिको हिंसा, छाउपडी प्रथा तथा एकल महिला माथि हुने दुव्र्यवहारलाई पुस्तक र लघुचलचित्र मार्फत प्रस्तुत गरिएको लेखक माधव खरेलले जानकारी दिए ।