Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सुदुरपश्चिमका शिव मन्दिरमा भक्तजनको भीड

Friday, February 24, 2017 National Power

१३ फागुन,डोटी-हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा डोटी लगायत सुदुरपश्चिमका विभिन्न जिल्लाका शिवालयमा आज बिहानैदेखि पूजापाठका लागि हिन्दू धर्मावलम्वीको भीड लागेको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिकामा रहेको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको बाईधारा, राजपुरको पञ्चेश्वर महादेवको मन्दिर, भागेश्वर महादेव मन्दिर,अछामको बैद्यनाथ मन्दिर, कञ्चनपुरको सिद्धबाबा कैलालीको गोदावरी क्षेत्र, बेहेडाबाबा धाम, उत्तरबेहेडीमा रहेको सिवपुरीधाम लगायतका स्थानमा पूजाअर्चनाका लागि भीड लागेको छ ।

आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुर, मिस्टान्न तथा फलफूलसहित रङ्गीचङ्गी लुगा लगाई महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा विभिन्न सिवालयमा पुजाअर्चना गरिरहेका छन् । आजको दिन शुद्ध भई शिवको पूजापाठ तथा व्रत बस्नाले सुख, समृद्धि तथा दीर्घायु हुने जनविश्वास रहेको छ । यस्तै सिवरात्रिको अवसरमा कञ्चनपुरमा ठुलो मेला लागेको छ । महेन्द्रनगरको शिवधाममा शिवरात्री मेला लागेको छ ।
शिवरात्रि मेलाका कारण सुदुरपश्चिमाञ्चल औद्योगीक तथा कञ्चनपुर पर्यटन मेलामा पनिमा निसहरुको निकै भिड लागेको छ । मेलाका कारण महेन्द्रनगर वजार मा जनसागर उर्लियको र त्यसले गर्दा व्यापारमा निकै वृद्धि भएको व्यापारीहरुले वताएका छन ।