Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

राप्रपा ७ नम्बर प्रदेश संयोजकमा पुष्करराज जोशी

Wednesday, January 25, 2017 National Power

बैतडी, १२ माघ राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेशको संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी  नियुक्त हुनुभएको छ । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट चुनाव लडेका जोशीले दुवै निर्वाचनमा उल्लेख्य मत प्राप्त गर्नुभएको थियो । सुरुमासुदूरपश्चिम जागरण मञ्चको नाममा जातीय राज्यका विरुद्ध अखण्ड सुदूरपश्चिमको आन्दोलन थालेका  जोशीकै नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचनमा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल दर्ता भई चुनाव लडेनुभएको थियो ।

पछिल्लो समय तत्कालीन राप्रपा नेपाल र अखण्ड सुदूरपश्चिम पार्टी एकीकरण भएपछि उहाँ तत्कालीन राप्रपा नेपालका सुदूरपश्चिम सहसंयोजक बन्नुभएको थियो ।

गत मङ्सिरमा दुवै राप्रपा एक भएपछि माघ १० गते बसेको उच्च कार्य सम्पादन समितिले पुष्करराज जोशीलाई सात नम्बर प्रदेशको संयोजक नियुक्त गरेको राप्रपाले जानकारी दिनुभएको छ ।

 

 

 

-कमला जोशी