Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

राप्रपा ७ नम्बर प्रदेश संयोजकमा पुष्करराज जोशी

Wednesday, January 25, 2017 National Power

बैतडी, १२ माघ राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेशको संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी  नियुक्त हुनुभएको छ । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट चुनाव लडेका जोशीले दुवै निर्वाचनमा उल्लेख्य मत प्राप्त गर्नुभएको थियो । सुरुमासुदूरपश्चिम जागरण मञ्चको नाममा जातीय राज्यका विरुद्ध अखण्ड सुदूरपश्चिमको आन्दोलन थालेका  जोशीकै नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचनमा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल दर्ता भई चुनाव लडेनुभएको थियो ।

पछिल्लो समय तत्कालीन राप्रपा नेपाल र अखण्ड सुदूरपश्चिम पार्टी एकीकरण भएपछि उहाँ तत्कालीन राप्रपा नेपालका सुदूरपश्चिम सहसंयोजक बन्नुभएको थियो ।

गत मङ्सिरमा दुवै राप्रपा एक भएपछि माघ १० गते बसेको उच्च कार्य सम्पादन समितिले पुष्करराज जोशीलाई सात नम्बर प्रदेशको संयोजक नियुक्त गरेको राप्रपाले जानकारी दिनुभएको छ ।

 

 

 

-कमला जोशी