Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

राप्रपामा थापालाई सर्वसम्मत बनाउने प्रयास असफल

Monday, February 20, 2017 National Power

९फागुन, काठमाडौं – अन्तत : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापालाई सर्वसम्मत बनाउने प्रयास असफल भएको छ ।

अब अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणाबीच प्रतिस्पर्धा हुनेछ । उम्मेदवारी फिर्ताको समय सोमबार विहानसम्म थियो । र, थापा पक्षले राणालाई मनाउने प्रयास गरेका थिए । तर, यो प्रयास असफल भएको छ ।

राप्रपाका शीर्ष चार नेताबीच थापालाई नै अध्यक्ष बनाउने सहमति भएको थियो । तर, डा. प्रकाशचन्द्र लोहनी आफु त अध्यक्ष पदको दावेदारी वाट पछि त हटे तर, उनी निकटका प्रदिपविक्रमको उम्मेदवारीलाई उनले अघिसारेका हुन् भनेर श्रोतले वताएको छ, श्रोतका अनुसार डा. लोहनीले गरेको यो राजनितिक वेईमानी हो ।

निर्वाचन समितिका अनुसार एक अध्यक्ष र ९८ केन्द्रीय सदस्यका लागि दिउँसो मतदान हुनेछ । केन्द्रीय सदस्यमा ४० खुलातर्फ छन् भने बाँकी आरक्षण छ ।

समावेशीतर्फ मधेसीबाट ७, आदिवासी जनजाति ९, उत्पीडित २, मुस्लिम २, कर्णाली १, थारु १, प्रवास २ र पिछडिएको क्षेत्रबाट एक पुरुष र एक महिला चुनिनेछन् ।