Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पखालन ति मनका बहहरु ………….

Wednesday, December 27, 2017 National Power

पखालन ति मनका बहहरु
 म आँखा बाट आँशु वगाई दिऊला
 भगाई देउ न ति मनका बोझहरु
 म पनि झिकेर मुटु तिमी लाई नै दिऊला
 अनि केवल रहन्छन तिमी सँगका ति पल
 जसलाई हरपल आफु भित्रै राखुला
 आफु भित्रै राखुला .

पखालन ति मनका बहहरु
 म आँखा बाट आँशु बगाई दिउला

झुठो ठान्छौ होला है तिमीले
 मेरा साथ र विश्वासको
 पराईनै मान्छौ होला है तिमीले
 हामी विचको सामिपियताको
 तर जानेको छैन झुठा कसम
 पत्याउदैनौ तिमीले पनि
 थाहा छ पत्याउदैनौ तिमीले पनि .

पखालन ति मनका बहहरु
 म आँखा बाट आँशु वगाई दिऊला
 भगाई देउ न ति मनका बोझहरु
 म पनि झिकेर मुटु तिमी लाई नै दिऊला

आशा भावनाका साथ तहाँ हुन्छ
 जब एक आपसमा विश्वास बढछ
 केवल एक पटक पछाडी फर्कि त हेर
 अनि तिमी भित्र विश्वास पलाउ छ
 अनि तिमी भित्र विश्वास पलाउ छ .

पखालन ति मनका बहहरु
 म आँखा बाट आँशु वगाई दिऊला
 भगाई देउ न ति मनका बोझहरु
 म पनि झिकेर मुटु तिमी लाई नै दिऊला

लेखक नबु सत्याल (नवराज सत्याल)