Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

लुट–२ लाइ पीजी सर्टीफिकेट

Wednesday, February 8, 2017 National Power

बर्ष २०७३ को प्रतिच्छित फिल्म ‘लुट २’ सेन्सर पास भएको छ । दृश्य अनि संवादमा कैची लगाएर पनि एडल्ट दिएमा स्विकार नगरी सर्वोच्च जानेसम्मको चेतावनीपुर्ण अभिव्यक्ती दिएका निर्देशक निश्चल बस्नेतले सेन्सरबाट अब ‘पिजी सर्टिफिकेट’ पाएका छन् ।

फिल्म जाँचपासको अधिकारपुर्ण निकाय सेन्सर वोर्डले फिल्ममा समावेश केहि दोहोरो अर्थ लाग्ने अनि सामाजिक मान्यता अनुसार अश्लिल मानिने संवादमा कैची लगाएको निरमाता माधव वाग्लेले बताए । तर फिल्ममा समावेश केहि हिंसाजन्य दृश्यका कारण वालवालिकाले हेर्न भने अभिभावकको सहारा लिनुपर्नेछ ।

फिल्मको आइतवार सेन्सर भएको हो । फागुन १३ मा रिलिज हुने फिल्मलाइ लिएर दर्शक तथा शुभचिन्तक अनि फिल्मकर्मीमा पनि एक प्रकारको कौतुहलता छ । वाग्ले र नरेन्द्र महर्जनले मिलेर फिल्मको निर्माण गरेका हुन् ।

दयाहाङ राइ, सौगात मल्ल, कर्मा शाक्य, सृजना सुब्बा, ऋचा शर्मा, विपिन कार्की लगायत लिड अभिनयमा रहेको फिल्म ब्लकवस्टर फिल्म ‘लुट’ को सिक्वेल हो । सोहि फिल्मबाट अहिले स्टारको उपमा पाएका दयाहाङ र सौगात एकाएक चम्केका थिए ।