Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मेसीको जादुमयी प्रदर्शनमा अर्जेन्टिना विश्वकपमा स्थान बनाउन सफल

Wednesday, October 11, 2017 National Power

२५ असोज, क्वोटो- लिओनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले इक्वेडरलाई हराएको छ र रुस विश्वकपमा छनोट भएको छ ।

बुधबार विहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा इक्वेडरले पहिलो मिनेटमा नै इब्राको गोलबाट अग्रता लिएको थियो ।

तर, अर्जेन्टिना खेलमा फर्कियो । १२ औं मिनेटमा बराबरी गोल गरेका मेस्सीले २० औं मिनेटमा दोस्रो गोल गरे । ६२ औं मिनेटमा ह्याट्रिक गर्दै अर्जेन्टिनाको जित सुरक्षित पारे ।

यो जितसँगै अर्जेटिना २८ अंकका साथ तेस्रो भयो ।