Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

दुई सातादेखि सञ्चारविहीन

Saturday, October 7, 2017 National Power

२१ असोज,डोल्पा –  दुर्गम डोल्पा जिल्ला दुई सातादेखि सञ्चारविहीन भएको छ । यहाँका विभिन्न स्थानमा राखिएको नमस्ते र स्काईको मोबाइल सेवामा समस्या उत्पन्न भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकास्थित रसी लेकमा रहेको फोन सेवासहितको रेडियो लिंक टावरमा आवश्यक उपकरण थप्न बाँकी रहेकाले पटक पटक मोबाइल सेवामा समस्या आइरहेको दूरसञ्चार क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ ।

झण्डै दुई सातादेखि नमस्ते र स्काईको टावरमा समस्या देखिएकाले डोल्पावासी सञ्चारविहीन भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी प्रकाश पन्थीले बताउनुभयो “नमस्तेको मोबाइल सेवा त दुईसातादेखि नै ठप्प छ, स्काईको मोबाइल सेवा दुई चार दिनमा एक दिन मात्र आउने गर्छ”, पन्थीले भन्नुभयो ।

भौगोलिक रुपमा विकट डोल्पामा फोन सुविधाविना डोल्पालीको दैनिकी एकदमै कष्टकर बनिरहेकाले यथाशीघ्र मर्मतका लागि डोल्पालीले माग गरेका छन् ।

प्रजिअ केशवराज आचार्यले भन्नुभयो, “यहाँका विभिन्न ठाउँमा राखिएका रिपिटर टावरमा समस्या उत्पन्न भएको जानकारी पाएको छु, डोल्पामा भइरहेको सञ्चार असुविधालाई हटाउन यथाशीघ्र काम अगाडि बढाउन निर्देशनसमेत दिएको छु । ” सेवा अवरुद्ध भएपछि त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिकालगायत स्थानीय तह सम्पर्कविहीन भएका छन् ।