Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मनोनयन दर्ता गराएकाहरुले आज उम्मेदवारी फिर्ता लिन सक्ने:निर्वाचन आयोग

Friday, September 8, 2017 National Power


२३ भदौ, काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको प्रारम्भिक नामावली (शुक्रबार) आज सार्वजनिक गर्दैछ। नामावली उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयमा नै प्रकाशित गरिने जनाइएको छ। आफ्नो नाम फिर्ता लिन चाहनेहरुले आजै फिर्ता लिन सक्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। आयोगका अनुसार ६ हजार ६२७ पदका लागि करिब ३६ हजार उम्मेदवारी परेको छ। शनिबार उम्मेदवारको अन्तिम नामाववली प्रकाशित गरी सोही दिन उम्मेदवारहरुलाई निर्वाचन चिह्नसमेत प्रदान गर्ने कार्यतालिका छ। प्रदेश नम्बर २ अन्तर्गत ८ जिल्लाका १३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ। बाँकी ६ वटा प्रदेशमा भने यसअघि नै निर्वाचन भइसकेको छ।