Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

राष्ट्रिय पण्डित सम्मेलन सुरु

Tuesday, August 29, 2017 National Power

 

१३ भदौ, काठमाण्डौ – राष्ट्रिय धर्मसभा नेपालको आयोजनामा चौथो राष्ट्रिय पण्डित सम्मेलन सोमबार देखि काठमाण्डौको महेश्वरी सदन कमलपोखरीमा सुरु भएको छ । राष्ट्रिय धर्मसभा नेपालले बिगत ३ बर्षदेखी पण्डित सम्मेलन गर्दै आईरहेको छ ।

धार्मिक सांस्कृतीक कृत्य र पण्डित पुरोहीत आम नेपाली जनता र हरेक घर परीवार संग प्रत्यक्ष्य सरोकार राख्ने बिषय भएकाले यसलाई ब्यबस्थित र एकरुपता ल्याउने उद्धेश्यले देसभरका पण्डितहरु भेला गराई पण्डित सम्मेलन गरिदै आएको आयोजकले जनाएको छ।

चौथो पण्डित सम्मेलनले काजकिरीया र जुठोसुतक, संस्कृत बाङमयको परिचय र महत्व , नेपाली मौलिक संस्कृतीको चिनारी र संरक्षण तथा समसामयीक बिषयहरुमा छलफल गरी आवश्यक लिने छ । सम्मेलन मंगलबार सम्म जारी रहने कुरा राष्ट्रिय धर्मसभा नेपालका महासचिव पुष्पराज पुरुषले जानकारी दिए ।