Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

अस्थायी शिक्षक संघर्ष समितिले जारी राखेको आमरण अनशन स्थगित

Tuesday, August 22, 2017 National Power

६ भदौ, काठमाडौं – शिक्षा ऐन संशोधनपछि शिक्षक सेवा आयोगको परीक्षा लिन शिक्षा मन्त्रालय सकारात्मक भएपछि अस्थायी शिक्षक संघर्ष समितिले जारी राखेको आमरण अनशन मंगलबार स्थगित गरेको छ ।

गत असार ९ गते भएको चारबुँदे सहमतिअनुसार शिक्षा ऐनमा नवौँ संशोधन प्रक्रिया तत्काल शुरु भएको र आठौँ संशोधनबमोजिम यही भदौ १० गतेका लागि आयोगले तोकेको परीक्षा पुनः सार्न दबाब दिन आफूहरुको आन्दोलन जारी रहने समितिका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिए ।

सहमतिमा परीक्षा वा सुविधामध्ये एक रोज्नुपर्ने, असफल हुनेलाई पनि सुविधा र औषधि उपचार थप्ने उल्लेख छ । अर्थ मन्त्रालयले असफल हुनेलाई पनि सुविधा दिन र औषधि उपचार रकम दिने उल्लेख छ । संघर्ष समितिले यही साउन १८ गतेबाट भद्रकालीमा आमरण अनशन जारी राखेकामा अनशनमा बसेका अनशनरत ललिपुरका शिक्षक विष्णुहरि दनुवार र पर्साका किसुनप्रसाद यादवको स्वास्थ्यस्थिति कमजोर भएपछि एभरेष्ट अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुले अस्पतालमै अनशन तोडेका थिए ।आन्तरिक परीक्षामा कुल १९ हजार २६५ कोटा रहेकामा १५ हजार ६९० ले आवेदन दिएका छन् । हाल २६ हजार १५१ अस्थायी शिक्षक छन् । समितिले सबै दरबन्दीमा आन्तरिक परीक्षा गराउन पहल गरिरहेको छ ।