Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

स्वविवेकले काम गर सरकार : राष्ट्रिय शिवसेना पार्टी

Sunday, August 13, 2017 National Power

देश यति वेला प्राकृतिक प्रकोप (बाढी, पहिरो) ले गर्दा देश नै अक्रान्त बनेको छ । पहाडमा गएको लगातारको पहिरो र तराईमा गएको बाढीले हालसम्म झण्डै चार दर्जन भन्दा बढी नागरिकको ज्यान गइसकेको अवस्थामा नेपाल सरकारले राहत र उद्धारको कार्यमा आफ्नो चाललाई धिमी बनाइरहेको छ , भारतका सिमासंग जोडिएका तटबन्ध खोल्न लाचारी देखाइरहेको भनि शिवसेना नेपाल पार्टीले सरकारको तिव्र आलोचना गरेको छ ।

पार्टीका अध्यक्ष विक्रम बहादुर वमले हामीसंग भने कुनै प्रभुले राहत र उद्धार छिटो गर भने पछि मात्रै सरकारले तिव्रता दिने हो कि र ? सरकारले स्वविवेकले कार्य गर्न नसक्ने अवस्थामा रहेको भए जनतासंग स्पष्ट रुपमा भन्नु पर्ने भनि माग समेत राखेका छन् ।

साथै नेपाली सेना, नेपाल प्ररहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट,विभिन्न संघ संस्था र राजनितिक पार्टीका नेता कार्यकर्ताहरुले स्वतस्फुर्त रुपमा आमजनता यस दुःखमा साथ दिनको लागि कसैको आदेश नपर्खी अग्रसर हुनलाई पार्टीका कोषाध्यक्ष शुक्र शहादुर गुरुङले आग्रह समेत गरेका छन् ।

साथै आफ्ना पार्टीका शिव सैनिकहरुलाई पिडामा परेका जनताहरुको उद्धार र राहत काममा सक्रिय हुन अध्यक्ष बमले आफना पार्टीका कार्यकर्तालाई आव्हान गरेका छन् ।