Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

पहिलो टेष्टमा इंग्ल्याण्ड २११ रनले विजयी

Monday, July 10, 2017 National Power

२६ असार – दक्षिण अफ्रिकासँगको पहिलो टेष्ट क्रिकेटमा इंग्ल्याण्ड दुई सय ११ रनले विजयी भएको छ । लर्ड्समा भएको खेल चौथो दिन आइतबार राति इंग्ल्याण्डका मोइन अलीले ६ विकेट लिँदै टिमलाई जिताएका हुन् । दोस्रो जितका लागि तीन सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले सबै विकेट गुमाएर एक सय १९ रन मात्रै बनाउन सक्यो । दोस्रो पारीमा दक्षिण अफ्रिकाका तेम्बा बाभुमाले २१, भेर्नोन फिलान्डरले १९ तथा क्वीन्टन डी ककले १८ रन बनाए । इंग्ल्याण्डका मोइन अलीले ६ तथा लियम डवसनले दुई विकेट लिए । इंग्ल्याण्डले दोस्रो पारीमा दुई सय ३३ तथा पहिलो पारीमा चार सय ५८ रन बनाएको थियो । दक्षिण अफ्रिकाले पहिलो पारीमा ३ सय ६१ रन बनाएको थियो । जितसँगै चार टेष्टको श्रृँखलामा इंग्ल्याण्डले १–० को अग्रता लिएको छ ।