Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

उत्साहपूर्ण रुपमा मतदान हुदै बर्दियामा

Wednesday, June 28, 2017 National Power

१४ असार, बर्दिया – प्रदेश नम्बर ५ को बर्दियामा उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ । एमाले नेता वामदेव गौतमको गृहजिल्ला बर्दियाका ८ वटै स्थानीय तहमा मतदान भइरहेको छ ।

बर्दियाका गुलरिया नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिकामा मतदान सुरु भएको हो ।

यस्तै नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बाँगसढी नगरपालिकाको त्रिभूवन मावि पकौरा मदतान केन्द्रबाट मतदान गरेका छन ।